हराउँदै घर–घरमा कुश भित्र्याउने प्रचलन
मंगलबार, भदौ १८, २०८१
गुल्मीमा लक्ष्य भन्दा कम राजस्व संकलन
मंगलबार, भदौ १८, २०८१
जिल्लामा लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा करदाता सेवा कार्यालय गुल्मीले १४ प्रतिशत कम राजस्व संकलन गरेको हो । सो अवधिमा ४६ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा जम्मा ३९ करोड ८५ लाख ३३ हजार मात्र राजस्व संकलन गरिएको कार्यालयका प्रमुख...
जोगाऔं तिज पर्वको मौलिकता
मंगलबार, भदौ १८, २०८१
तिज नेपाली हिन्दु महिलाहरुको महान चाड हो । भाद्र शुक्ल तृतीयाको दिन शिवको आराधना र नाचगान गरेर धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । पितृसतात्मक पारिवारीक अवस्था रहेको नेपालका लागि घर भित्र मात्रै खुम्चिएर बस्ने महिलाहरुलाई बाहिर ल्याउन र पिर मर्का अरु समक्ष राख्न प्रेरित गर्ने पर्व पनि हो यो ...
एक दिन होइन आजीवन बुवाको मुख हेरौँ
मंगलबार, भदौ १८, २०८१
भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसीका दिन धेरैले आफ्ना जन्म/कर्मदादातालाई मुख हेरेर बाबुको मुख हेर्ने पर्व मनाएका छन् । हुन त हरेक औँसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो...
काँग्रेस पाल्पाको बैंठक: विप्रको निधनमा शोक प्रस्ताव पारित, भदौ १९ गते श्रद्धाञ्जली सभा
सोमबार, भदौ १७, २०८१
नेपाली काँग्रेस पाल्पाले पार्टीका पूूर्व जिल्ला सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार तानसेनस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको २७ औं बैंठकले प्रजातन्त्र सेनानी तथा पूर्व सभापति कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा
सोमबार, भदौ १७, २०८१
रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।
रामपुरमा स्कुटर दुुर्घटना हुँदा चालकको मृत्युु
सोमबार, भदौ १७, २०८१
जिल्लाको रामपुरमा स्कुुटर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । सोमबार विहान रामपुर नगरपालिका –१० बर्दलेस्थित कालिगण्डकी करिडोर पक्कि सडक खण्डमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३९ नम्बरको स्कुटर दुुर्घटना हुँदा रामपुर–१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगरको मृत्युु भएको हो ।
शैक्षिक र भौतिक विकासका लागि बहस चलाऔं : सांसद राना
सोमबार, भदौ १७, २०८१
लुुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले शैक्षिक र भौतिक विकासका लागि बहस चलाउनुुपर्ने बताएका छन् । आइतबार तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको ७४ औं वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै उनले समग्र शैक्षिक र भौतिक विकासका लागि शैक्षिक बहस चलाउन आवश्यक रहेको बताएका हुन् ।
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन्
सोमबार, भदौ १७, २०८१
हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । यस दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने...
आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
सोमबार, भदौ १७, २०८१
भाद्र कुशे औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । भट्टले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै मोती जयन्ती मनाउन लागिएको होर ।
त्रिशूल : लेख्ने कसरी
सोमबार, भदौ १७, २०८१
कविता,आख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात् काव्य सर्वव्यापी विधाको रुपमा रहँदै आएको छ । पूर्वीय र पाश्चात्य साहित्यको विकास र विस्तारसँगै वर्तमान समयमा विभिन्न विधा/उपविधा/प्रविधाहरू प्रयोगमा आइरहेको परिप्रेक्ष्यमा नेपाली लघुतम् कविता साहित्यको इतिहासमा नवीतम् योगदान पुर्याउने उद्देश्यका साथ त्रिपदी काव्य उपविधाको रुपमा ‘त्रिशूल’ को...
मोतीराम भट्टको योगदान अनुसरण गरौं
सोमबार, भदौ १७, २०८१
कवि मोतीराम भट्टको नेपाली भाषा, साहित्य, संगीत, कला, पत्रकारिता क्षेत्रको विकास, विस्तार जगेर्नामा महत्वपूर्ण योगदान रहेको छ ।


