Shittalpati
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा
सत्यवती मेला हेर्न जानेहरुलाई श्रीनगर यातायातको सहज सेवा श्रीनगर यातायात सेवा कम्पनी प्रालिले पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा मेला हेर्न जाने श्रद्धालु भक्तजनहरुका लागि यातायातको सहज व्यवस्था मिलाएको छ । कम्पनीले मंगलबारदेखि सुुरु भएको यस वर्षको सत्यवती मेला हेर्न जानेहरुका लागि सहज यातायतको व्यवस्था गरेको हो ।
मिर्गौलापीडित सागरको याचना : ‘म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्’
मिर्गौलापीडित सागरको याचना : ‘म बाँच्न चाहन्छु, सहयोग गरिदिनुहोस्’ गुुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडाका २६ वर्षीय सागर रायमाझीको दुवै मिर्गौलाले काम गर्दैन । गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनले काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराउँदै आएका छन् ।
लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित
लुम्बिनी विकास कोषको ७७ करोड ५५ लाख बजेट पारित लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको आयव्यय अनुमानित बजेट पारित गरेको हो ।
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ
गण्डकी प्रदेश पूर्वमन्त्री मनाङे पक्राउ गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।
रविलाई भैरहवा ल्याइयो
रविलाई भैरहवा ल्याइयो पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलनको विषयमा अनुसन्धान गर्न भैरहवा ल्याइएको छ ।
पाल्पा दरबार संग्रहालय २४ सै घण्टा उज्यालो
पाल्पा दरबार संग्रहालय २४ सै घण्टा उज्यालो लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको पाल्पाको ऐतिहासिक पाल्पा दरबार संग्रहालयलाई २४ सैं घण्टा उज्यालो बनाइएको छ । वैकल्पिक उर्जाको व्यवस्था गरिएसँगै संग्रहालयलाई जुनसुकै बेला पनि उज्यालो हुने बनाइएको हो ।
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै आज हरिबोधिनी एकादशी तुलसीको विवाह गरिँदै छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ...
विश्व निमोनिया दिवस मनाइँदै
विश्व निमोनिया दिवस मनाइँदै आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो ।
पाल्पा जेसीज र ‘युवाको प्रश्न नेतृत्वसँग’ को बहस
पाल्पा जेसीज र ‘युवाको प्रश्न नेतृत्वसँग’ को बहस ‘शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्र्दै १८ देखी ४० वर्ष भित्रका युवाहरुको व्यक्तित्व, नेतृत्व र उद्यमशीलता विकास गर्ने अन्तर्राष्ट्रिय संस्था जेसीज हो ।
चिसोमा निमोनिया हुन सक्छ, ख्याल गरौं
चिसोमा निमोनिया हुन सक्छ, ख्याल गरौं यतिबेला चिसो बढ्दो छ । चिसो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया  जस्ता समस्याहरुले  बढी नै सताउने गर्छ । त्यसमाथि बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै रोग लाग्ने गर्छ । जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले उनीहरूका लागि जाडो शत्रुबराबर हुन्छ ...
भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा
भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
Weather Update