Shittalpati
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ रहेका छन् । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पूख्र्यौली पेसा सम्हारिरहेका छन् । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पूख्र्यौली पेसालाई व्यावसायिक बनाएका छन् । 
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताए । 
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनिहरुको व्यस्त बढेको छ । 
वास्तुशास्त्र अनुसार खाना  पाकाउने (पाकाशाला) स्थानको निर्धारण !
वास्तुशास्त्र अनुसार खाना  पाकाउने (पाकाशाला) स्थानको निर्धारण ! कुनै पनि परिकार वा खाद्यान्न पकाउने स्थानलाई पाकशाला भनिन्छ। सामान्यतया अग्नितत्त्वको दिशा आग्नेयकोण भएकाले पाकशाला, ग्यारेज पनि आग्नेयकोणमै बनाउनु पर्दछ। आग्नेयकोणको पाकशालामा पूर्वतर्फ फर्किरए पकाउनुपर्दछ न कि दक्षिण, उत्तर वा पश्चिम ।
विकासमा राजनीति नगरौं : सांसद भण्डारी
विकासमा राजनीति नगरौं : सांसद भण्डारी गुल्मी क्षेत्र नं.१ का सांसद तथा नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले विकास योजनामा राजनीति नगर्न आग्रह गरेका छन् । आइतबार गुल्मी क्षेत्र नं. १ का विभिन्न ठाउँमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले मुलुकको परिवर्तनका लागि विकास निर्माणमा भइरहेका अनावश्यक राजनीतिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
बाढीपहिरो पीडितलाई तत्काल गाँस–बासको व्यवस्था गर
बाढीपहिरो पीडितलाई तत्काल गाँस–बासको व्यवस्था गर अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबार गुमाएकाहरूको एक महिना बितिसकेको छ । यतिका दिनसम्म उनीहरुका लागि न गाँसको राम्रो प्रवन्ध हुन सकेको छ न त बाँसको नै । बाढीपहिरो प्रभावितहरू अझै पनि पाटी, वृद्धाश्रमदेखि आफन्तकहाँ शरण लिएर बस्न बाध्य छन् । राहत र पुनःस्थापनाको आसमा बसेको महिना दिन हुँदा पनि...
मखनटोल टोल विकासले सञ्चालन गर्‍यो तिहार बजार   
मखनटोल टोल विकासले सञ्चालन गर्‍यो तिहार बजार    मखनटोल टोल विकास संस्थाले तिहारलाई लक्षित गरी तिहार बजार सञ्चालन गरेको छ । तिहार भाईटिकाको लागि चाहिने आवश्यक फूल, माला, टिका, भाईमसला, ओखर काजु बदाम, गढी छोडा ल्याङ, सुपारी, सप्तरंगी टिका, विभिन्न प्रकार रोटीका परिकार, ढाका टोपी, कपडाहरुको स्टल एकै स्थानमा राखी तिहार बजार सञ्चालन गरेको हो ।
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु
नेपाली काँग्रेसको रुरु–रेसुङ्गा प्रशिक्षण अभियान सुुरु नेपाली काँग्रेस गुल्मीको रुरु–रेसुुङ्गा प्रशिक्षण अभियान सुुरु भएको छ । स्थानीय तहका अगुवा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट  क्रियाशिल बनाई  पार्टी संगठनलाई बलियो बनाउन आइतबारदेखि अभियान सुुरु भएको हो ।
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिए । उनले भने, “अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।” 
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी
जङ्गली च्याउ खाँदा पाँचजना बिरामी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण
राप्ती लोकमार्ग स्तरवृद्धि गर्न ध्यानाकर्षण दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले सडकका लागि १५ मिटर वा २५ मिटर छाड्नुपर्ने विषयले अन्यौल सिर्जना गरेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले बताए...
Weather Update