सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो
आइतबार, कात्तिक ११, २०८१
काँग्रेस नेता भण्डारीद्वारा गुल्मी सत्यवतीमा मोटरेवल पुलको शिलान्यास
आइतबार, कात्तिक ११, २०८१
गुल्मी क्षेत्र नं. १ का सांसद तथा काँग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । भण्डारीले आइतबार विधिवत पूूजा गर्दै पुलको शिलान्यास गरेका हुन् । डहरे खोलामा मोटरेवल पुलको शिलान्यास भएसँगै पुल नहुँदा लामो समयदेखि सास्ति भोगी रहेका यस क्षेत्रका...
‘रजत जयन्तीतर्फको यात्रा’मा श्रीनगर सहकारी
आइतबार, कात्तिक ११, २०८१
पाल्पाको तानसेनमा बहुउद्देश्यी सहकारीको रुपमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा मनाउदै ‘रजत जयन्तीतर्फको यात्रा’ तय गरेको छ । ‘सबैका लागि एक र एकका लागि सबै’ नै सहकारी हो भन्ने आम बुझाइलाई आत्मसाथ गरी २०५७ मा स्थापना भएको सहकारीले २४ औं साधारण सभा मनाई रजत जयन्तीतिरको...
प्रदेशमा सुशासन कायम गर्न लागेका छौं : मुख्यमन्त्री आचार्य
आइतबार, कात्तिक ११, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा सुशासन कायम गर्न लागेको बताएका छन् । उनले शनिबार भैरहवामा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना– २०८१ का बारेमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकार सुशासन कायम गर्न लागि परेको बताएका हुन् ।
आज डा. भण्डारीले डहरे खोलामा पुल शिल्यान्यास गर्दै
आइतबार, कात्तिक ११, २०८१
काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले आज सत्यवती गाउँपालिका – ६ स्थित डहरे खोलामा पुल शिल्यान्यास गर्ने भएका छन् । भण्डारीकै पहलमा त्यहाँ पुल निर्माण हुन लागेको हो ।
सत्ताकेन्द्रित खेल बन्द गर
आइतबार, कात्तिक ११, २०८१
बाढीपहिरो पीडितहरुको लागि राहत र पुर्नस्थापनामा जुट्नुपर्ने सरकार र राजनीतिक दलहरु यति बेला एक अर्काको आलोचना गर्दै सत्ताकेन्द्रीत खेलमा लागेका छन् । प्रतिपक्ष दलहरु सरकार ढलाउने रणनीतिमा लागेका छन् भने सरकार लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कार्य अस्वीकार्य भएको टिप्पणी गर्दै आएको छ ।
स्थानीय तह की सरकार ?
शनिबार, कात्तिक १०, २०८१
गाउँमै सिहदरबार भन्दै केन्द्रीकृत शक्ति प्रणलीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ राज्यको नयाँ संरचनाको अभ्यास भएको करिव एक दशक अवधि पुरा हुन लागेको छ ।
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २४ औं वार्षिक साधारण सभा
शनिबार, कात्तिक १०, २०८१
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमबिच साधारण सभा मनाएको हो ।
डा. भण्डारी पुल शिलान्याससँगै विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गुल्मी जाँदै
शनिबार, कात्तिक १०, २०८१
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी भोली गुल्मीमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गुल्मी जाँदै छन् । आइतबार गुुल्मी क्षेत्र नं. १ का विभिन्न ठाउँमा हुन लागेका औपचारिक कार्यक्रमलाई सम्बोधन गर्न भण्डारी आज काठमाडौंबाट गुल्मी जान लागेका हुन् ।
राप्ती लोकमार्ग विस्तार गर्दा मुआब्जा दिन माग
शनिबार, कात्तिक १०, २०८१
दाङको राप्ती लोकमार्गअन्तर्गत बजार क्षेत्रका बासिन्दाले राप्ती लोकमार्ग अन्तर्गतका सडक स्तरोन्नति गर्न माग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई सडक स्तरोन्नति गर्न ध्यानाकर्षण समेत गराएका छन् । राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले सडक स्तरोन्नति लागि कहिल्यै १५ मिटर छोड्नु पर्ने त, कहिल्यै २५ मिटर छोड्नु पर्ने...
तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
शनिबार, कात्तिक १०, २०८१
रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।

-1721213853.jpg)
