Shittalpati
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
सुन–चाँदीको मूल्य घट्यो
सुन–चाँदीको मूल्य घट्यो साता पहिलो दिन सुन–चाँदीको मूल्य घटेको छ । केही दिन अघि निरन्तर उकालो  यात्रामा रहेको सुन–चाँदीको मूल्य पछिल्ला दिनहरुमा ओरालोमा यात्रामा रहेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक सय  रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार...
रामपुरमा महिला मृत फेला
रामपुरमा महिला मृत फेला जिल्लाको रामपुरमा एक महिला मृत फेला परेकी छन् । रामपुर नगरपालिका–३, बगाहादेखि सीताकुण्ड जाने कच्ची सडक खण्डको पश्चिम पट्टी नालीमा सोही ठाँउका डिलबहादुर सारुको श्रीमति ६५ वर्षीय सुकमाया गिरी सारु शनिबार साँझा अचेत अवस्थामा फेला परेकी थिइन् ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिईन ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन सक्नेछन् । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको...
प्रश्न जिम्मेवारी र जवाफदेहीताको
प्रश्न जिम्मेवारी र जवाफदेहीताको जिल्लाको विकास र पहिचानमा स्थानीय सरकारको भूमिका एवं योगदान के कस्तो वा कुन स्तरको हुनु पर्ने हो भनेर मापन गर्ने कुनै परिष्कृत मापनआधार बनेको छैन् ।
कर दिवसको सान्दर्भिकता
कर दिवसको सान्दर्भिकता हरेक वर्ष मंसिर १ गतेलाई कर दिवस मनाउने गरिन्छ । वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ मंसिर १ गतेको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।
‘सुवर्ण शमशेर स्मृति’ अक्षयकोषमा कर्मचारी युनियन पाल्पाको एक लाख सहयोग
‘सुवर्ण शमशेर स्मृति’ अक्षयकोषमा कर्मचारी युनियन पाल्पाको एक लाख सहयोग नेपाली काँग्रेस पाल्पाले स्थापना गरेको ‘सुुवर्ण शंमशेर स्मृति’ अक्षयकोषमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन पाल्पाले आर्थिक सहयोग गरेको छ । युुनियनले शनिबार एक औपचारिक कार्यक्रमकाबिच उक्त अक्षकोषमा एक लाख १० हजार रकम सहयोग गरेको हो ।
पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’
पाल्पाबाट सुरु भयो पुस्तक व्यवसायी महासंघको ‘राष्ट्रिय जागरण अभियान’ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पाल्पाबाट ‘राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गरेको छ । महासंघले व्यवसायीहरुबिचको सम्बन्धलाई थप मजबूद बनाई महासंघलाई गतिशिल र चलायमान बनाउने उद्देश्यले ‘राष्ट्रिय जागरण अभियान’ शनिबारदेखि प्रारम्भ गरेको हो ।
पाल्पा साहित्य समाजले गर्‍यो साहित्यकार र कलाकारलाई सम्मान
पाल्पा साहित्य समाजले गर्‍यो साहित्यकार र कलाकारलाई सम्मान पाल्पा साहित्य समाजले साहित्यकार र कलाकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । समाजले शनिबार १७५ औं छविलाल नेपाल जन्मजयन्ती, १२१ औं माधव प्रसाद देवेकोटा जन्मजयन्ती तथा ३० औं बार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ८ जना व्यक्तिलाई सम्मान गरेको हो ।
डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रति लिटर कति ?
डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रति लिटर कति ? नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
Weather Update