Shittalpati
दुर्घटनामा तीनजनाको मृत्यु
दुर्घटनामा तीनजनाको मृत्यु सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।  
वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित :उपप्रधानमन्त्री खड्का
वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित :उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताए  । 
माछा मार्ने जालमा परी डुुब्दा पाल्पामा एकको मृत्युु
माछा मार्ने जालमा परी डुुब्दा पाल्पामा एकको मृत्युु माछा मार्ने जालमा परी कालिगण्डकी नदीमा डुुब्दा पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको रम्भा गाउँपालिका –२, रानीवासका २६ वर्षीय कोपिल पाँडे मगरको माछा मार्न प्रयोग गर्ने जालमा परेर ज्यान गएको हो ।
समयमै पानी नपर्दा रोपाइँमा ढिलाई
समयमै पानी नपर्दा रोपाइँमा ढिलाई समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिला भएको छ । साउन पहिलो साता सकिन लाग्दा पनि देशभर जम्मा ६८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धानको बीउ ठूलो भइसक्दा पर्याप्त पानी नपरेकाले ६८ प्रतिशत मात्र रोपाइँ भएको जनाएको छ ।
अर्थतन्त्र उकास्ने मौद्रिक नीति ल्याऊ
अर्थतन्त्र उकास्ने मौद्रिक नीति ल्याऊ कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने मुद्राको व्यवस्थापन, महंगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन् । बजेटले मूलतः आर्थिक वृद्धिदर र मुद्रास्फीतिको लक्ष्य राख्छ भने यो उद्देश्य प्राप्तिमा निर्णायक भूमिका...
छुुट्टाछुुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गयो
छुुट्टाछुुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गयो देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा करेन्टबाट चार जनाको  अकालमै ज्यान गएको हो ।  
पाल्पाली साहित्यकार रेग्मी र सिंह काठमाडौंमा सम्मानित
पाल्पाली साहित्यकार रेग्मी र सिंह काठमाडौंमा सम्मानित पाल्पाली साहित्यकार काठमाडौंमा सम्मानित भएका छन् । गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले रजत महोत्सवको अवसरमा पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिंहलाई सम्मान गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ
पाल्पाको रैनादेवी छहरामा नगदसहित पाँच जुवाडे पक्राउ जिल्लाको रैनादेवी छहारा गाउँपालिका–४ अमलाबासबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका छन् । छहराको अमलावासस्थित एक रेष्टुरेण्टबाट नगदसहित पाँच जुवाडे पक्राउ परेका हुन् । जिल्ला कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले रेष्टुरेण्टबाट जुवाडेलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर
प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर पुनः निर्विरोध निर्वाचित भएका छन् । युनियनको सदरमुकाम तम्घासमा भएको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाले कुँवरलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखसहित  विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरी जानकारी लिएका छन् । 
नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता
नेपाल र इयुबीच रु साढे १० अर्बको अनुदान सम्झौता दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच रु साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
Weather Update