नीतिगत दरमा सामान्य लचकता, बैंकिङ कसुर ऐन संशोधन गर्ने तयारी
सोमबार, साउन ८, २०८०
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग
सोमबार, साउन ८, २०८०
जिल्लाको मालिका गाउँपालिकाले स्थानीय आलुलाई ब्राडिङ्ग गरी बजारमा पठाउन थालेको छ । ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको स्थानीय आलुको ब्राण्ड तथा प्याकेजिङ्ग गरी बजार पठाउन थालिएको हो ।
कृषिजन्य वस्तुको आयात घटाऊ, निर्यात बढाऊ
सोमबार, साउन ८, २०८०
नेपाल कृषि प्रधान देश हो, तर अधिकांस कृषिजन्य वस्तु बाहिरबाट आयात हुुने गरेको छ । देशका करीब दुई तिहाइ परिवार कृषिमा आधारित भएपनि कृषिजन्य वस्तुको आयात बढ्नु चिन्ताको विषय हो । मुलुकको समग्र निर्यातलाई दिगो बनाउने हो भने पनि कृषिजन्य वस्तुको निकासी बढाउनैपर्छ ।
पूर्वउपप्रमुख खनालको निधन
आइतबार, साउन ७, २०८०
बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आइतबार बिहान निधन भएको हो ।
पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन
आइतबार, साउन ७, २०८०
पाल्पामा चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । केन्द्रमा समाजवादी मोर्चा गठन भएसँगै पाल्पामा पनि सोही अनुरुप मोर्चा गठन गरिएको हो ।
यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य
आइतबार, साउन ७, २०८०
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो ।
पाल्पाको रैनादेवी छहरामा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, साउन ७, २०८०
करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका– ३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बरम्लेको करेन्ट लागेर मृत्यु भएको हो ।
गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी
आइतबार, साउन ७, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ ।
लम्पी स्किन बिरुद्ध खोप अभियान
आइतबार, साउन ७, २०८०
जिल्लामा लम्पी स्किन भाईरस बिरुद्धको खोप अभियान सुरु गरिएको छ । पछिल्लो समयमा पशु चौपायमा संक्रमण बढ्दै जान थालेपछि खोप अभियान सञ्चालन गरिएको हो । खोप अभियानको एक औपचारिक कार्यक्रम गरी शुुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अभियानको शुभारम्भ गरेका हुन् ।
कोरियामा काम गरेर फर्किएकालाई पुनः अवसर
आइतबार, साउन ७, २०८०
कोरियामा पाँच वर्ष बसेर काम गरी फर्केकाहरुलाई पुनः जाने अवसर दिइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि फेरी जान चाहेमा पुनःभाषा परीक्षा दिएर जान सक्ने अवसर दिएको हो ।
बीपी र पुष्पलालको विचार अनुसरण गरौं
आइतबार, साउन ७, २०८०
बीपी कोइराला र पुष्पलाल श्रेष्ठ नेपालको प्रजातान्त्रिक आन्दोलनका दुई मुख्य हस्ती हुन् । हरेक वर्ष साउन ६ गते बीपी कोइरालालाई र साउन ७ गते पुष्पलाल श्रेष्ठलाई सम्झने गरिन्छ । यी दुई यस्ता व्यक्तित्व हुन्, जसले आफ्नो जीवनकालमा नेपालका दुई फरक राजनीतिक धारलाई नेतृत्व दिए । उनीहरूको निधनको लामो समयपछि पनि...
पुष्पलाल र बीपीः सम्झने मात्र कि उहाँहरुबाट सिक्ने पनि ?
आइतबार, साउन ७, २०८०
हरेक वर्ष साउन महिनाको ६ गते बीपी र ७ गते पुष्पलालको फोटोमा माल्र्यापण गरेपछि नेताहरुले उहाँहरुको योगदानबारे चर्चा गर्दै अब हामी पनि उहाँले देखाएको मार्गमा हिड्छौँ भन्छन् । कार्यक्रमस्थलबाट बाहिरए पछि ती नेता वा कार्यकर्ताले बीपी र पुष्पलाललाई बिर्सने गरेकाले नै देशमा विकृति, विसंगति मौलाएको छ ।
ग्यास, चुलोका उपकरणमा यसरी ठगिए तानसेनका उपभोक्ता
शनिबार, साउन ६, २०८०
पाल्पाको तानसेनमा सामानको मूूल्य भन्दा बढी रकम लिएर उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ । पोखरा, बुटवलबाट आएका विक्रेताले बजार मूूल्य भन्दा बढी नै रकम लिएर उपभोक्ता ठग्ने गरेको पाइएको हो ।