Shittalpati
तीन सय २२ उद्योग दर्ता
तीन सय २२ उद्योग दर्ता गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२  उद्योग दर्ता भएका हुन् ।
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । संरक्षणमूलक संघसंस्था, निकुञ्ज विभाग लगायतले विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदैछन् । बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी...
मासिँदै प्राचीन पोखरी
मासिँदै प्राचीन पोखरी मर्चवारी गाउँपालिका–२ अमवास्थित प्राचीन पोखरी लोप हुने अवस्थामा छ । लुम्बिनी प्रदेश सरकारको ३६ लाख अनुदान रकमबाट गाउँपालिकाले सो पोखरी (सगरा) पुरेर खेलमैदान निर्माणको क्रममा छ । तिलोत्तमा नगरपालिकाले मदरहनी गाउँको मध्यभागमा रहेको धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको पानी पोखरीमा ११ नं वडा कार्यालयको भवन निर्माण गरी कार्यसञ्चालन भइरहेको अवस्था...
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।
पहिरो पीडितलाई रिब्दीकोट गाउँ सरकारको सहयोग
पहिरो पीडितलाई रिब्दीकोट गाउँ सरकारको सहयोग जिल्लाको रिब्दीकोट गाउँपालिकाले पहिरो पीडित परिवारलाई नगद र खाद्यन्न सहयोग गरेको छ । साउन ९ गते गाउँपालिकाको वडा नंं ८ फेक लुम्वासका कर्णबहादुर बम्रेलको टिनले छाएको गोठ पहिरोले बगाएको थियो । गोठ पहिरोले बगाउँदा लैनो भैसी, पाडी, दुई वटा गोरु पुरिएर मरेका थिए ।
२५ लाख बढीको कर्जामा प्यान अनिवार्य
२५ लाख बढीको कर्जामा प्यान अनिवार्य बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टा छुट्टै रुपमा २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात
तानसेनको अमर नारायण मन्दिरका पुजारीमाथि हातपात तानसेन नगरपालिका–२ नारायणस्थानमा रहेको अमर नारायण मन्दिरका पुजारी माथि हातपात भएको छ । मन्दिरमा गएका एक युवकले पुजारी लम्सालमाथि हातपात गरेका हुन् । बुधबार विहान तानसेन –१ गैरगाउँका २८ वर्षीय शिशिर बराइलीले मुख्य मन्दिर भित्र जवरजस्ती प्रवेश गर्न खोज्दा रोक्ने क्रममा पुुजारी लम्साललाई हातपात गरेका थिए ।
छोइनसक्नु तरकारी
छोइनसक्नु तरकारी तानसेनको बजारमा तीन महिना अघि ४०/५० रुपैयाँमा विक्री भएको गोलभेडाँ अहिले १ सय २० देखि १ सय ३० रुपैयाँमा विक्री भएको छ । सोही समयमा ८० देखि १ सय रुपैयाँमा विक्री भएको बोडी यति बेला १ सयदेखि १ सय २० सम्म विक्री भइरहेको छ । 
आज हेपाटाइटिस दिवस मनाइँदै
आज हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘एक जीवन, एक कलेजो’ भन्ने तय गरिएको छ ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुङ्गामा सञ्चालन भइरहेको पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन भरी सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँहरुबाट भक्तजनहरुमा रेसुङ्गा पुगेका छन् ।
हेपाटाइटिस दिवस र रोकथाम
हेपाटाइटिस दिवस र रोकथाम हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । आज हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन पनि हो । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ ।
Weather Update