मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री लिए शपथ

पाल्पा,प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सोमबार तीन जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
रामेश्वर खनालले अर्थ मन्त्रालय, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास र ओमप्रकाश अर्यालले गृह; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ गराएका छन् । अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन् । यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् भने गृहमन्त्री अर्याल कानुनविद् हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्