Shittalpati
तानसेनमा भोली नेकपाको एकता सन्देश सभा हुँदै

पाल्पा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका वामपन्थी राजनीतिक दलको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाले तानसेनमा भोली ‘एकता सन्देश सभा’ गर्न लागेको छ । पार्टी एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउनका लागि सन्देशसभा आयोजना गर्न लागिएको नेकपाका नेता मथुरा ढकालले बताए ।

तानसेनस्थित टुँडिखेल मैदानमा मगलबार विहान ११ बजेदेखि सभा हुनेछ । सभालाई नेकपाका केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला, ओन्सरी घर्ती, सोमप्रसाद पाण्डेय लगायतका नेताहरूले सम्बोधन गर्ने छन् । सभामा हजारौं समर्थक उपस्थीति हुने  नेकपाले दाबी गरेको छ । नेकपाले  सोमबार तानसेनको विशाल बजारमा पार्टी कार्यालयको उद्घाटन समेत गरेको छ ।

गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन नेकपाले देशैभर  एकता सन्देश सभा गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update