काँग्रेसले नचिनेको चकोरमान
सोमबार, जेठ १९, २०७७
भर्ना गर्न हतार नगरौं
सोमबार, जेठ १९, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण देशभरका शैक्षिक संस्थाहरु ठप्प छन् । लामो समयदेखिको लकडाउनका कारण पठन–पाठन बढी प्रभावित भए । कोरोना जोखिम बढ्दै गएपछि सरकारले लकडाउनलाई थप बढाउँदै लगेको छ । तर निजी विद्यालयहरुले भने जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने बताएपछि चासो र चिन्ता बढेको छ ।
हाइस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, २१ घाइते
सोमबार, जेठ १९, २०७७
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन
आइतबार, जेठ १८, २०७७
पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीका दलित अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गर्दै जातिय छुवाछुत र विभेदको अन्त्य गरौं भन्ने लेखिएका प्ले कार्ड हातमा लिएर धर्ना समेत दिएका थिए ।
पाल्पामा किट अभावका कारण रोकियो स्वाव संकलन
आइतबार, जेठ १८, २०७७
जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । किट नभएपछि विदेशबाट फर्केकाहरू विनापरीक्षण घर फर्किएका छन् । जसले गर्दा पाल्पाका ग्रामीण क्षेत्र उच्च जोखिममा रहेका छन् । किट नभएपछि भारतीय सिमा नाकाबाट जिल्ला भित्रिएका सबै नागरिकहरुको कोरोना परीक्षणको नमुना संकलन कार्य रोकिएको छ ।
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’
आइतबार, जेठ १८, २०७७
पाल्पा,अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार एक्कासी तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ ।
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा
आइतबार, जेठ १८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना बीमा गरिदिएको छ । गाउँपालिकाले महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको कोरोना बीमा गरिदिएको हो ।
नेपाली काँग्रेस छत्रकोटले बाड्यो स्वास्थ्य सामग्री
आइतबार, जेठ १८, २०७७
नेपाली काँग्रेस छत्रकोट गाउँपालिका गुल्मीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा छत्रकोट गाउँपालिका ५ स्थायी घरभई हाल काठमाडौं लगायतका विभिन्न स्थानमा बस्ने नेपाली काँग्रेसमा आवद्ध व्यक्तिहरुले उक्त सहयोग प्रदान गरेका हुन् ।
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ
आइतबार, जेठ १८, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई जना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र...
पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री
आइतबार, जेठ १८, २०७७
पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराएका छन् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासंघ रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।
गुल्मीमा क्वारेन्टाईनमा बसेका व्यक्तिद्वारा आत्महत्या
आइतबार, जेठ १८, २०७७
जिल्लामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा सोही वडाकै ५६ वर्षिय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।


