काठमाडौं(एजेन्सी) । एनसेल प्राइभेट कम्पनीले आफना ग्राहकहरुका लागि आकर्षक भ्वाइस अफर ल्याएको छ । एनसेलले प्रिपेड ग्राहकहरुका लागि आकर्षक भ्वाइस अफर ल्याएको हो । प्रिपेड ग्राहकले आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुरा कानी प्लस’ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभलिन सक्छन् । प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिनवा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् । ग्राहकले ७ दिन समयसिमा रहेको ७ सय मिनेट अन नेट टकटाइम कर सहितमात्र रु ९५.७७ लिन सक्ने छन् । यो प्याकमा ग्राहकले प्रतिदिन ७ दिनसम्म एक सय मिनेट टकटाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहितमात्र रु १९१.५४ मा १,८७५ मिनेट अन नेट टकटाइमको पाउने छन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्छन् । साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । प्याकअन्तर्गत ग्राहकले कर सहित रु ३८१.७९ मा ४ हजार ५ सय मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टकटाइम ३० दिनसम्म प्राप्त गर्दछन् ।
प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्नसक्ने कम्पनीले जनाएको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ Þयास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् । ‘इन्डलेस कुराकानी प्लस’ अफरको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका चीफ कर्मसियल अफिसरप्रदीप श्रीवास्तवले भने, ‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा हामी निकै हर्षित छौं । आकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थप मुल्यप्रदान गर्ने विश्वास लिएका छौं ।’