मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त
मंगलबार, असोज ६, २०७७
खोलाले बगाउँदा मृत्यु
मंगलबार, असोज ६, २०७७
यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।
ढोरपाटनमा २० दिनपछि सञ्चार सेवा
मंगलबार, असोज ६, २०७७
ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पुर्याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो ।
पहिरामा पुरिएर दुईको मृत्यु
मंगलबार, असोज ६, २०७७
इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।
पहिरोमा बेपत्ता दुई जना मध्ये एकको शव फेला
मंगलबार, असोज ६, २०७७
गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौर अन्तर्गत रातचौरको स्यालामा सोमबार राति गएको पहिरोमा बेपत्ता बनेका २ जना मध्ये एक जनाको शव फेला परेको छ ।
गुर्जाे सेवनप्रति सर्वसाधारणको आकर्षण, जडिबुटी खोज्न जंगल धाउँदै
मंगलबार, असोज ६, २०७७
कोभिड–१९ को संक्रमण बढेसँगै जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो ।
सामाज सेवाको नाममा व्यापार नहोस्
मंगलबार, असोज ६, २०७७
आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो ।
अब चेक डिपोजिट गर्न अनलाइनबाटै भौचर भर्न सकिने !
मंगलबार, असोज ६, २०७७
अब चेक डिपोजिट गर्नकै लागि बैंक जान नपर्ने भएको छ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि सहज सेवा दिने उद्देश्यले अनलाइनबाटै चेक डिपोजिटका लागि भौचर भर्न सक्ने व्यवस्था मिलाएको छ ।
एक हजार पाँच संक्रमित डिस्चार्ज
सोमबार, असोज ५, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या एक हजार ५ रहेको बताए ।
६ महिनापछि आन्तरिक उडान सञ्चालनमा
सोमबार, असोज ५, २०७७
गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । छ महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सञ्चालनमा आएको हो ।
पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०७७
आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक...


