Shittalpati
एकैदिन १ हजार ५ सय १३ मा कोरोना संक्रमण पुष्टि
एकैदिन १ हजार ५ सय १३ मा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८ सय ९१ नमुना परीक्षण गर्दा ५ सय ५६ महिला र ९ सय ५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सन्दर्भ : विश्व मुटु दिवस, मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव
सन्दर्भ : विश्व मुटु दिवस, मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् ।
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरोः १६ जना अझै बेपत्ता
बाढीपहिरोः १६ जना अझै बेपत्ता यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् ।
लुम्बिनी नगरपालिकाको ताला खुला
लुम्बिनी नगरपालिकाको ताला खुला सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमतिपछि सोमबार साँझ करीब ७ बजे कार्यालयको ताला खोलिएको जनता समाजवादी पार्टी ‘जसपा’का नगर अध्यक्ष तथा संयुक्त...
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर असोज १ गतदेखि निषेधाज्ञा हटेसँगै लामो दुरीका गाडी, आन्तरिक हवाई उडान, होटल, रेस्टुरेण्ट र सबै खाले बजार पसल खुलेका छन् । केही बाहेक उद्योग र व्यवसायका धेरै क्षेत्र खुला हुँदा असामान्य अवस्थामा पनि अर्थतन्त्र सामान्य अवस्थामा जाने आशा पलाएको छ ।
नेपालमा थप ७ सय ४२ संक्रमित निको भए
नेपालमा थप ७ सय ४२ संक्रमित निको भए नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका ७ सय ४२ संक्रमितले कोरोना जितेको बताए ।
रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु
रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु पाल्पाको रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । सोमबार रिब्दीको –७ डबकाका ५५ वर्षीय हरी लम्तारीको गोठ मर्मतका क्रममा ढुङगा, माटोले पुरिएर मृत्यु भएको हो । स्थानीय पुतली बिकको टिनले छाएको १ तले कच्चि पुरानो गोठ मर्मतको काम गर्ने क्रममा गोठको काठपात र ढुङगा...
नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा कार्की
नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा कार्की कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । बारको सोह्रांै अधिवेशनले प्रगतिशील समूहका विनोद कार्कीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।
तालाबन्दीले नगरपालिकाको काम ठप्प
तालाबन्दीले नगरपालिकाको काम ठप्प लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
युनियनले दियो वैदेशिक रोजगार मृत्यु दावी रकम
युनियनले दियो वैदेशिक रोजगार मृत्यु दावी रकम युनियन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्र्तगत मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको तानसेन नगरपालिका ९ का लिला बहादुर सारुको श्रीमती दधिसरा सारुलाई वैदेशिक रोजगारको बिमा दाबी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
Weather Update