Shittalpati
जेष्ठ नागरिक दिवसको सार्थकता
जेष्ठ नागरिक दिवसको सार्थकता आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
तानसेन–बुटवल सडक झनै जोखिम, सडक कार्यालय भन्छ ‘मर्मत गर्न पर्याप्त बजेट छैन’
तानसेन–बुटवल सडक झनै जोखिम, सडक कार्यालय भन्छ ‘मर्मत गर्न पर्याप्त बजेट छैन’ सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकमा पर्ने सिद्धबाबा खण्ड पहिरोको कारणले एक जोखिमपूर्ण ठाउँ हो, जुन चुरे पर्वतमा पर्छ । बलौटे चट्टान र हिलो माटोले बनेको चट्टान परस्पर रूपमा रहेकाले यहाँ वेज फेलरसँगै पेन फेलर मुख्य समस्याका रूपमा छन् ।
एकै दिन एक हजार ५७ संक्रमित निको
एकै दिन एक हजार ५७ संक्रमित निको असोजनेपालमा बुधबार एक हजार ५७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन देशका विभिन्न जिल्लाका एक हजार ५७ कोरोना संक्रमित निको भएको बताए ।
पाल्पामा जंगली च्याउ खाएर दुई जना विरामी
पाल्पामा जंगली च्याउ खाएर दुई जना विरामी जिल्लाको तिनाउ गाँउपालिकाको अर्खलेमा जंगली च्याउ खाँदा २ जना विरामी भएका छन् । विषालु च्याउ खाँदा तिनाउ गाउँपालिका वडा ६ अर्खलेका ३० वर्षीया मिना सारु र उनको भाई १४ वर्षीय कमल अर्घाली विरामी भएका हुन् ।
शहिद क्याम्पस तिर पनि नजर लाउने की माननीय ज्यू ?
शहिद क्याम्पस तिर पनि नजर लाउने की माननीय ज्यू ? शहिद बहुमुखी क्याम्पस, भगवान रामचन्द्रले पाईला चालेको, पवित्र काली नदीले स्पर्श गरेको, प्राकृतिक छटाले भरिएको पूण्य एवं रमणीय रामपुरमा अवस्थित पूर्वी पाल्पाकै पहिलो क्याम्पस हो । २०४६ सालको राजनैतिक परिवर्तनसंगै पूर्वी पाल्पा र छिमेकी जिल्ला स्याङ्जा र तनहुँको दक्षिणी भेग, नवलपरासीको उत्तरी भागका विद्यार्थीहरुलाई उच्च शिक्षाको उज्यालो ज्योति छर्नका लागि...
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै
अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ । आर्थिक वर्ष २०७६÷७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको थियो ।
मेगा बैंकद्वारा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई आकर्षक कर्जा
मेगा बैंकद्वारा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई आकर्षक कर्जा मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसँग भएको हो ।
उत्पादनमा वृद्धि गरौं
उत्पादनमा वृद्धि गरौं नेपालले स्वदेशी उत्पादनलाई बढवा नदिएकै कारण देश परर्निभरता तिर गएको छ । नेपालमा निर्यातलाई भन्दा पनि अयातलाई बढीभन्दा बढी प्रथामिकता दिनु परेका कारण हरेक वस्तुहरुमा परर्निभरता बढ्दै गएको छ ।
आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च पुर्‍याउन कठिन, पीडितहरुद्वारा आर्थिक सहयोग गर्न आग्रह
आर्थिक अवस्था कमजोर हुँदा उपचार खर्च पुर्‍याउन कठिन, पीडितहरुद्वारा आर्थिक सहयोग गर्न आग्रह गुल्मी रेसुङ्गा नगरपालिका–२ की दुवै मृगौला पीडित मैया बिक अहिले ५२ वर्ष पुगिन् । विगत दश वर्षदेखि मृगौला औषधी गर्दै आएकी विकको उपचारमा लाखौं खर्च भइसकेको छ । मृगौला पीडित मैयाका श्रीमान ३५ वर्षमै खसे ।
Weather Update