सोमबार १४ सय ७३ जना कोरोनामुक्त
सोमबार, असोज २६, २०७७
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा चन्द
सोमबार, असोज २६, २०७७
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्व.सुशील कोईरालाको सम्झनामा स्थापित सुशील कोईराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा विद्यार्थी नेता युबराज चन्द ठकुरी चयन भएका छन् । चन्दलाई सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले जिल्ला कार्यसमितिको अध्यक्ष पदको जिम्मेवारीको हस्ताक्षरित पत्र पठाएका छन् ।
चाडपर्व नजिकिँदै गर्दा प्रहरी र प्रशासनको सक्रियता
सोमबार, असोज २६, २०७७
चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना बनाएका छन् । चाडबाडको समयमा हुनसक्ने सम्भावित चोरी, डकैती, अपराधलगायतका घटना रोक्न प्रहरीसँगको समन्वयमा सुरक्षा योजना बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले राससलाई जानकारी दिए ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
सोमबार, असोज २६, २०७७
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु भएको छ । प्रदेश पाँचको दाङ, रुपन्देही, कपिलवस्तु र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।
तानसेन–बुटवल सडकखण्ड असोज २९ सम्मका लागि बन्द
सोमबार, असोज २६, २०७७
सिद्धार्थ राजमार्गमा पर्ने तानसेन–बुटवल सडकखण्ड आजदेखि असोज २९ गतेसम्मका लागि बन्द भएको छ । सिद्धार्थ राजमार्गको चिडियाखोलादेखी बर्तुङ सम्मका विभिन्न स्थानमा गएको पहिरो हटाउनका लागि सोमबारदेखि विहिबारसम्म दैनिक तीन घण्टा सडकमा सवारी आवागमन बन्द गरिएको हो ।
अब तानसेनकै लयमा बुटवल !
सोमबार, असोज २६, २०७७
प्राकृतिक सुन्दरता र प्राचिन कला संस्कृतिको धनी नगर तानसेन हो । काठमाडौं पछिको दोस्रो अनि पुरानो नगरका रुपमा समेत परिचित तानसेन पछि विस्तारै शिक्षा, स्वास्थ्य जस्ता अन्य सुविधाहरुमा कमी हुँदै गएको छ ।
यातायातमा कोरोना जोखिम
सोमबार, असोज २६, २०७७
नेपालीहरुको महानचाडपर्वहरु नजिकिएसँगै सडकमा सार्वजानिक यातायातको संख्या बाक्लो देखिन थालेको छ । कोरोनाको कहर अझै कम भएको छैन, बरू यसको कहर झनै तीव्र गतिमा बढिरहेको छ ।
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि, भएन अनुगमन
सोमबार, असोज २६, २०७७
दसैँको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकाले मूल्य बढेर आएको होलसेल व्यापारीहरु बताउँछन् ।
पाल्पामा फरार अभियुक्त पक्राउ
आइतबार, असोज २५, २०७७
जिल्लामा चोरी मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले फरार सूचिमा रहेका रैनादेवी छहरा–८, का २२ वर्षीय जीवन रायमाझीलाई पक्राउ गरेको हो ।
राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण नगर्ने
आइतबार, असोज २५, २०७७
नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । विगतका दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको हो ।
पाल्पामा थप ३३ जनामा कोरोना पुष्टि
आइतबार, असोज २५, २०७७
पाल्पामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार २३ जना पुरुष र १० जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
देवी घर्ती र विष्णु सिंजाली मगरको स्वरमा सानु तिम्रो मन बजारमा
आइतबार, असोज २५, २०७७
गुल्मेली गायक तथा सर्जक, नेपाली गीत संगीतमा एउटा गहकिलो तथा निकै सुरीलो आवाजका धनि गायक तथा गुल्मी लोकतारा भनेर चिनेनी लोक दोहोरी गायक विष्णु सिंजाली मगरले आफ्नो मार्मिक गीत सानु तिम्रो मनको नयाँ भिडियो बजारमा लिएर आएका छन् ।


