गाँजा खान नपाएपछि साथीको हत्या
बिहीबार, असोज २९, २०७७
माथागढीमा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
बिहीबार, असोज २९, २०७७
जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवामा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण भएको छ । गाउँपालिकाले स्थानीय स्तरदेखि नै योजना प्रभावकारी र पारदर्शी बनाउन उपभोक्ता समितिका पदाधीकारीलाई एक दिने योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको हो ।
विपन्न परिवारको निःशुल्क स्वास्थ बिमा
बिहीबार, असोज २९, २०७७
माथागढी गाउँपालिका ७ रहवासका विपन्न परिवारका लागि गाउँपालिकाले निःशुल्क बिमा गरिदिएको छ । गाउँपालिकाले आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेका रहबासका ८२ विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको हो ।
भाडगाउँ–मझेङ खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता
बिहीबार, असोज २९, २०७७
रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षिय सम्झौता भएको छ । जलवायु अनुकुलित वृहत खानेपानी आयोजना अन्तर्गत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता गरिएको हो ।
विश्व हात धुने र ग्रामीण महिला दिवस
बिहीबार, असोज २९, २०७७
आज एकै दिन विश्व हात धुने र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस परेको छ । दुवै दिवस आफैमा महत्वपूर्ण रहेका छन् । हरेक वर्षको अक्टोबर १५ अर्थात् असोज २८ गते विश्व हात धुने दिवस मनाउने गरिन्छ ।
मन्त्रिमण्डल पुनर्गठन
बुधबार, असोज २८, २०७७
मन्त्रिमण्डल पुनर्गठन भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर गरेकी हुन् ।
पाल्पामा अबैध काठ सहित चालक नियन्त्रणमा
बुधबार, असोज २८, २०७७
जिल्लामा अवैध काठ सहित चालकलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले रम्भा गाउँपालिका ५ स्थित सेर्काबास हेक्लाङ कच्ची सडक खण्डमा हेक्लाङबाट सेर्काबास तर्फ आउदै गरेको लु ३ त ३२७० नं.को ट्याक्टरलाईबाट अबैध सालको काठ सहित सवारी चालकलाई नियन्त्रणमा लिएको हो ।
आजदेखि खाली सिलिण्डरको मूल्य लागू
बुधबार, असोज २८, २०७७
नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ ।
माथागढीमा अवरुद्ध टेलिकम टावर बनेसँगै सञ्चारमा सहज
बुधबार, असोज २८, २०७७
बर्खा लागेसँगै अवरुद्ध बनेको माथागढी गाउँपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावर अहिले सञ्चालनमा आएको छ । लामो समयपछि टावर मर्मतसंभार गरेपछि अहिले सेवा सञ्चालनमा आएको हो । बर्खाको समयमा भुटुकेमा रहेको जलविद्युत्को बाध भत्किएपछि नियमित रुपमा विद्युत् आपूर्ति हुन नसक्दा नेपाल टेलिकमको नेटवर्क अवरुद्ध बनेको थियो ।
पाल्पाको पूर्वखोला प्रवेशमा पिसीआर अनिवार्य
बुधबार, असोज २८, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसीआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो ।
श्रमको उचित सम्मान गरौं
बुधबार, असोज २८, २०७७
नेपालको आर्थिक विकास, संस्कृति संरक्षणको लागि तथा परनिर्भरता घटाउनका लागि विकल्पहरु धेरै छन् । कही उद्योग स्थापना त कही पर्यटन व्यवसाय कतै कृषि लगायतका पेशालाई व्यवसायिक बनाएर निरन्तरता दिन आवश्यक रहेको छ ।


