Shittalpati
कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइने तयारी
कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइने तयारी सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ ।
सवारी साधनमा भाडादर नटाँसे कारवाही
सवारी साधनमा भाडादर नटाँसे कारवाही सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।
पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति
पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति जिल्लाको निस्दी गाउँपालिका १ राहुबनको एक घरमा आगोलागी भएको छ । शुक्रबार राती स्थानीय हुमबहादुर भण्डारीको १ तले खरले छाएको कच्ची घरमा अचानक आगोलागी भएको हो ।
गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि दर्ता संकलन कार्य तिव्र
गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि दर्ता संकलन कार्य तिव्र सरकारले नागरिकलाई अनेक थरी परिचय पत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गराउन परिचय पत्र वितरण कार्यक्रम ल्याएसँगै गुल्मीमा पनि यस कार्यक्रमले तिव्रता पाएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा अहिले राष्ट्रिय परिचय पत्र वितरणका लागि दर्ता संकलन कार्यले तिव्रता पाएको हो ।
आज माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदै
आज माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदै आज पाल्पा लगायत देशैभर विश्व माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आÞवानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।
लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय
लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
माटो दिवस र नेपालमा यसको अवस्था
माटो दिवस र नेपालमा यसको अवस्था आज विश्व माटो दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ ।
काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा
काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा रहेका छन् । दुई महिना अघि अमेरिका पुगेका श्रेष्ठ १५ दिने भ्रमणमा निस्किएका हुन् ।
पाल्पाका थप ३३ जनाले कोरोना जिते, २९ जनामा संक्रमण
पाल्पाका थप ३३ जनाले कोरोना जिते, २९ जनामा संक्रमण पाल्पामा थप ३३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको बुधबार र विहीबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३३ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु
गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ७ वामिटक्सारका २६ वर्षीय धिरज कार्कीको आफ्नै घरको मोबाईल पसलमा तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु
पाल्पाको रामपुरमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु जिल्लाको रामपुर नगरपालिका ६ प्याकलुकमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । सोही ठाँउका ५७ वर्षीय नेत्र बहादुर हमालको आफ्नै टिनले छाएको दुई तल्ले कच्चीघरको छतबाटा खसेर मृत्यु भएको हो ।
Weather Update