पाल्पा रामपुरका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु
मंगलबार, मंसिर २३, २०७७
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो
मंगलबार, मंसिर २३, २०७७
सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८ सय ४८.८६ मिटर हुने भएको छ ।
ब्राउन सुगरसहित ६ जना पक्राउ
मंगलबार, मंसिर २३, २०७७
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी
मंगलबार, मंसिर २३, २०७७
पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो ।
गुन्द्री बुन्दै महिला
मंगलबार, मंसिर २३, २०७७
पाल्पाको तिनाउ गाउँपालिकाको ज्यामिरेमा गुन्द्री बुन्दै महिला ।
नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण जारी
मंगलबार, मंसिर २३, २०७७
नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण कार्य जारी राखेको छ । कम्पनीले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको हो । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठन–पाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराउदै आएको छ ।
खोप र नेपालमा यसको तयारी
मंगलबार, मंसिर २३, २०७७
विश्वभरका देशहरुले कोरोना नियन्त्रणका लागि खोप आविष्कार गर्ने प्रयास गरिरहेका छन् । अहिले चीन, रसिया, अमेरिका, बेलायत लगायतका मुलुकका नौ वटा संस्थाले खोपको अन्तिम परीक्षण गरिरहेका छन् ।
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा
मंगलबार, मंसिर २३, २०७७
नेपाल कृषि प्रधान देश हो । तर कृषिलाई व्यवसायिक बनाउन नसक्दा देशले आर्थिक समृद्धि हासिल गर्न सकिरहेको छैन । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ ।
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित
सोमबार, मंसिर २२, २०७७
भारतमा आइतबार थप ३२ हजार ९ सय ८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २ सय ३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भाषा शिक्षकका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण
सोमबार, मंसिर २२, २०७७
भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण तालिम सञ्चालन भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र जिल्ला शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि छ दिने अनलाइन अभिमुखीकारण तालिम सोमबारदेखि सुरु भएको हो ।
अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र
सोमबार, मंसिर २२, २०७७
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला (अनेम) संघ पाल्पाले महिला हिंसा विरुद्व सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत १५ बुँदे ज्ञपानपत्र सरकारलाई बुझाएको हो ।
कोरोना संक्रमितलाई पाँच हजार दिइने
सोमबार, मंसिर २२, २०७७
तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।


