Shittalpati
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।
साफ फुटबल बंगलादेशमा हुने
साफ फुटबल बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मंसिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो ।
लोकतान्त्रिक संविधान  संरक्षण गर्न काँग्रेस सडकमा
लोकतान्त्रिक संविधान संरक्षण गर्न काँग्रेस सडकमा लोकतान्त्रिक संविधान संरक्षणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडकमा उत्रिएको छ । बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको मूल्य र मान्यता माथि नै कुठराघात गरी लोकतान्त्रिक संविधानलाई नै संकटमा पार्न लागेकोले त्यसको संरक्षणका लागि भन्दै काँग्रेस सडकमा उत्रिएको हो ।
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श
नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड
आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशको तानसेनमा भएको परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थलिएको छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका साथ देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिडका कारण निरर्थक भए ।
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने पाल्पामा भोली पुस १४ गते नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समुहको नेकपा जिल्ला कमिटिको बैठकले मंगलबार संसद् विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”
संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन
संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले ओलीको कदमलाई असंवैधानिक रहेको भन्दै सोमबार प्रदर्शन गरेको हो ।
करोड लागतमा कृषि फार्म
करोड लागतमा कृषि फार्म गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उनलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुगे–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उनको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ ।
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैंठक र भेला गर्दै हिडेको छ ।
Weather Update