तानसेनमा संस्थागत विद्यालयको अनुगमन, समितिले बुझायो प्रतिवेदन
बुधबार, पुस २२, २०७७
२० हजार भन्दा बढीले पाए कोरोना बिमाको भुक्तानी
बुधबार, पुस २२, २०७७
कोरोना बिमाको भुक्तानी पाउनेको संख्या २० हजार नाघेको छ । बिमा समितिका अनुसार सोमबारसम्म कुल २० हजार ७ सय ७५ जना संक्रमितले बिमा भुक्तानी पाएका छन् ।
समस्याको समाधानमा ध्यान दिऊ
बुधबार, पुस २२, २०७७
मुलुकको राजनैतिक अवस्था अत्यन्तै तरल हिसाबले बगिरहेको छ । संसद् विघटन पछि नेपालको राजनैतिक, सामाजिक अवस्थाप्रति कुनै न कुनै रुपमा समस्या सिर्जना भएको महशुस गर्न थालिएको छ ।
गैँडाको आक्रमणबाट मृत्यु
मंगलबार, पुस २१, २०७७
गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो ।
एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश
मंगलबार, पुस २१, २०७७
सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।
देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने
मंगलबार, पुस २१, २०७७
पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ ।
लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही
मंगलबार, पुस २१, २०७७
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।
शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का
मंगलबार, पुस २१, २०७७
सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
मंगलबार, पुस २१, २०७७
चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ ।
संसद् पुनःस्थापना गर्नुको विकल्प छैन : पाण्डे
मंगलबार, पुस २१, २०७७
विघटित प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डेले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको बताएका छन् । सोमबार नवजनचेतना दैनिकसँग कुरा गर्दै पाण्डेले लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नु विकल्प नरहेको बताएका हुन् ।
गुल्मीमा चार स्थानीय तहका आफ्नै प्रहरी
मंगलबार, पुस २१, २०७७
गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये चार स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा छन् ।
कोरोनामा खेलाँची
मंगलबार, पुस २१, २०७७
विश्वभर फैलिरहेको कोरोना महामारीको अवस्था अझै पनि कायमै छ । नेपालमा लामो समयदेखि भएको लकडाउनका कारण व्यापार व्यवसायमा असर परेको भन्दै सरकारले सबै क्षेत्र खुलाउन अनुमति दिएसँगै अहिले जताततै भीडभाड बढेको छ ।

.jpg)
