Shittalpati
पाल्पा र गुल्मीमा पनि संसद विघटनविरुद्ध प्रदर्शन
पाल्पा र गुल्मीमा पनि संसद विघटनविरुद्ध प्रदर्शन केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक भएर गरेको संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । काँग्रेसका १३ वटै भ्रातृसंस्थाले विरोध प्रदर्शन गरेका हुन् ।
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सोमबार सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९ सय १६ जनाले ३.६१ देखि ४ जिपिए, ३८ हजार ४ सय ८० जनाले ३.२१ देखि ३.६० जिपिए, एक लाख नौ हजार ३ सय १२ जनाले २.८१ देखि...
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान माथागढी गाउँपालिकाले अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो । गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, व्यवहारिक बनाउनका लागि उत्प्रेरित बनाउन अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो ।
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत जिल्लाको माथागढी गाउँपालिकाकाले आफ्नो सेवालाई डिजिटाईजेशन गरेको छ । गाउँपालिकाले सेवालाई चुस्त र पारदर्शी बनाउन हस्तलिखित अभिलेखहरुलाई डिजिटाईजेशन गरेको हो ।
नागरिक आन्दोलन र सरकारको दमन
नागरिक आन्दोलन र सरकारको दमन सरकारको असंवैधानिक कदमका विरुद्ध नागरिक समाज जुर्मुराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक सीमाहरू अतिक्रमण गर्दै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने घोषणा गरेसँगै समाजले असन्तुष्टि र विरोधका स्वरहरू गुञ्जाउन थालेको छ । नागरिक समाजले केही दिन अघि सडकमा निस्किएर शान्तिपूर्ण विरोध प्रदर्शन गर्‍यो ।
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल रामपुरका केन्द्रबाट कोरोना खोप दिइएको स्वास्थ्य कार्यालयले जननाएको छ । पहिलो चरणको खोप अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगायतले लगाएका छन् ।
३१ जिल्लामा निःशुल्क इन्टरनेट
३१ जिल्लामा निःशुल्क इन्टरनेट नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पु¥याएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।
प्रधानमन्त्री ओलीले देशलाई अस्थिर बनाउन खोजेको आरोप
प्रधानमन्त्री ओलीले देशलाई अस्थिर बनाउन खोजेको आरोप प्रधानमन्त्रीको असंवैधानिक कदमले शिक्षा क्षेत्रमा समेत ठूलो असर पार्ने सहभागी शिक्षकहरुले बताएका छन् । उनीहरुले वर्तमान सरकारले शिक्षामाथी खेलवाड गरेको अरोप लगाए ।
सन्दर्भःकुष्ठरोग दिवस, पाल्पा कुष्ठरोग निवारणको चरणमा
सन्दर्भःकुष्ठरोग दिवस, पाल्पा कुष्ठरोग निवारणको चरणमा विगतका वर्षहरुको तुलनामा पाल्पामा कुष्ठरोगीहरुको संख्यामा कमी हुँदै गएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनले भने,‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।’
Weather Update