Shittalpati
आमहडतालले पाल्पा पनि ठप्प
आमहडतालले पाल्पा पनि ठप्प
झडेवाका कृषकलाई कृषि सामग्री र बिउ
झडेवाका कृषकलाई कृषि सामग्री र बिउ गरिबसँग विश्वेश्वर कार्यक्रम माथागढी ४, झडेवाको सहयोग र माथागढी गाँउपालिकाको आयोजनामा कृषकहरुलाई उक्त विउ विजन र सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
माथागढी गाउँपालिकाले गर्यो पाँच कार्यविधि संशोधन
माथागढी गाउँपालिकाले गर्यो पाँच कार्यविधि संशोधन सभाले एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७, गाउँपालिकाको साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, महिला समूह गठन तथा व्यवस्थापन कार्यविधि, लैङग्कि हिंसा निवारण कोष सञ्चालन कार्यविधि र जलस्रोत उपभोग तथा मूल दर्ता व्यवस्थापन विधि संशोधन गरेको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए ।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सडक कार्यालय पाल्पाको आग्रह सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन सडक डिभिजन कार्यालय पाल्पाले आग्रह गरेको छ । सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा
पाल्पामा काठ चोरी निकासी बढ्दो, काठ तस्करहरु वन कार्यालयको निसानामा पछिल्लो समय पाल्पामा अवैध सालको काठ चोरी निकासी बढ्दै गएको छ । बजारमा काठको माग अत्याधिक बढ्दै गएपछि अवैध काठको चोरी निकासी बढेको हो । वन क्षेत्रमा काठ चोरी निकासी बढेसँगै डिभिजन वन कार्यालय पाल्पाले गस्तीलाई तीव्रता दिएको छ । तस्करको निसानामा चुरे र सिमा नाका क्षेत्रका वनहरु पर्दै गएपछि...
पाल्पामा टिपर दुर्घटना हुँदा तीन जना घाइते
पाल्पामा टिपर दुर्घटना हुँदा तीन जना घाइते सोमबार जिल्लाका छुट्टा–छुट्टै स्थानमा भएका टिपर दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा भएका टिपर दुर्घटनामा तीन जना घाइते भएका हुन् ।
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु देशभर थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ७१ जना कोरोना संक्रमित पुष्टि भएसँगै एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक
एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।
व्यवहारमा असलता प्रदर्शन होस्
व्यवहारमा असलता प्रदर्शन होस् मुलुकको राजनैतिक अवस्थाले गम्भीर मोड लिदै गर्दा जनताले आफ्ना असल अभिभावक पाउन सकेका छैनन् । देशले विकास भन्दा पनि नैरास्यता र अराजकता बाहेक केही पनि पाएन । लोकतान्त्रिक संविधान निर्माणपछि देशले राजनैतिक स्थिरता पाउने भयो भन्ने सोचेर रमाइरहेका जनता अहिले निराशा र देश दिनप्रति दिन बिग्रिएको होकि भन्ने चिन्ताले ग्रस्त...
Weather Update