निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल
बुधबार, माघ २१, २०७७
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु
बुधबार, माघ २१, २०७७
देशभर थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ७१ जना कोरोना संक्रमित पुष्टि भएसँगै एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक
बुधबार, माघ २१, २०७७
एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।
व्यवहारमा असलता प्रदर्शन होस्
बुधबार, माघ २१, २०७७
मुलुकको राजनैतिक अवस्थाले गम्भीर मोड लिदै गर्दा जनताले आफ्ना असल अभिभावक पाउन सकेका छैनन् । देशले विकास भन्दा पनि नैरास्यता र अराजकता बाहेक केही पनि पाएन । लोकतान्त्रिक संविधान निर्माणपछि देशले राजनैतिक स्थिरता पाउने भयो भन्ने सोचेर रमाइरहेका जनता अहिले निराशा र देश दिनप्रति दिन बिग्रिएको होकि भन्ने चिन्ताले ग्रस्त...
पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला
मंगलबार, माघ २०, २०७७
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको हो ।
वर्षा र हिमपातको सम्भावना
मंगलबार, माघ २०, २०७७
आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
बुटवलका सबै वडामा सहजीकरण समिति
मंगलबार, माघ २०, २०७७
भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।
कतै निर्वाचनको तयारी कतै सडक आन्दोलन
मंगलबार, माघ २०, २०७७
प्रतिनिधिसभा विघटनपछि त्यसको विरोधमा राजनीतिक दलदेखि नागरिक समाजसम्म आन्दोलित छन् । सरकार भने आफ्नो कदमलाई जायज ठहर्याउन चुनावको एजेण्डा बोकेर आफैं सडकमा उत्रिएको छ । सर्वोच्च अदालतमा विघटनको संवैधानिक परीक्षण भइरहेको छ, निर्वाचन आयोगमा सत्तारुढ दल विभाजनको किचलो चलिरहेको छ ।
गरिमा बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’
मंगलबार, माघ २०, २०७७
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले ‘मेरो सेयर बचत खाता’ ल्याएको छ । बैंकले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो शेयर बचत खाता’ ल्याएको हो ।
आज विश्व सिमसार दिवस मनाइदै
मंगलबार, माघ २०, २०७७
प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार र पानी’ भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाउन लागिएको हो । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ ।
सिमसार संरक्षण गरौं
मंगलबार, माघ २०, २०७७
आज विश्व सिमसार दिवस हो । सिमसार र पानी भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाइदैछ । विश्वको पर्यायवरणमा सिमसारको भूमिका अत्यन्त महत्वपूर्ण छ । तर पछिल्लो समय नेपालका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छन् । सिमसार क्षेत्र तालका र पानीका स्रोतहरु हुन् ।


