Shittalpati
गुल्मीको भाडगाउँमा युवती मृत फेला
गुल्मीको भाडगाउँमा युवती मृत फेला जिल्लाको भाडगाउँमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
रासस सदस्यमा भण्डारी
रासस सदस्यमा भण्डारी नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्रीस्तरको फागुन १० गतेको निर्णयानुसार रासस ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ख) बमोजिम भण्डारी रिक्त सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।
खेलकुद पत्रकार अर्याल पुरस्कृत
खेलकुद पत्रकार अर्याल पुरस्कृत युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पाल्पाका खेलकुद पत्रकार माधव अर्याललाई प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर पत्रकार अर्याललाई आइतबार पुरस्कार प्रदान गरेको हो । अर्यालले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका छन् ।
खुर्सानीको पकेट क्षेत्र झडेवाका कृषकलाई तालिम र बिउ
खुर्सानीको पकेट क्षेत्र झडेवाका कृषकलाई तालिम र बिउ खुर्सानीको पकेट क्षेत्रका रुपमा रहेको पाल्पाको माथागढी गाउँपालिका ४ झडेवाका कृषकहरुलाई तालिम तथा खुर्सानीको बिउ वितरण गरिएको छ । गाँउपालिकाको एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत यहाँका कृषकहरुलाई खुर्सानी खेती सम्बन्धी तालिम र बिउ वितरण गरिएको हो 
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर नेपाल बैंक लिमिटेड पाल्पा शाखाले ‘फोन–पे’को क्यू आर स्टेण्ड वितरण गर्दै आएको छ । बैंकले डिजिटल पाल्पा अभियान अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई क्यू आर स्टेण्ड वितरण गर्दै आएको हो । सेवाग्राहीहरुलाई कारोबारमा सहज र सरल बनाउनका लागि बैंकले क्यू आर स्टेण्ड वितरण गर्दै आएको जनाएको छ । बैंकले एकै दिन...
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लाको माथागढी गाउँपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा गाउँपालिकाले फागुन २३ गते विविध कार्यक्रम गर्न लागेको हो ।
महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क
महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क बजारमा अत्यावश्यक वस्तुको भाउ महङ्गीकोपछि आम उपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेपछि उपभोक्ता मारमा परेका हुन् ।
मगर जाती : समानता, सरलता, प्रजातान्त्रिक मूल्य र संस्कार
मगर जाती : समानता, सरलता, प्रजातान्त्रिक मूल्य र संस्कार शारिरीक रुपमा झट्ट हेर्दा गहूँ गोरो, लोप्रे आँखा र थेप्चो नाक भएका मंगोल मूलका एक जाति हो मगर । बानी व्यवहार प्राय झ्वाट्टै उत्तर दिन नचाहाने, कसैको विषयमा अनावश्यक चासो नराख्ने आफनै प्रवृतिमा रम्न चाहाने स्वभावको हुन्छ मगर ।
सबै प्रकारका भेदभाव अन्त्य गरौं
सबै प्रकारका भेदभाव अन्त्य गरौं नेपाली समाजमा धेरै प्रकारका भेदभावहरु हुने गरेका छन् । भेदभाव प्राय ः गलत सूचना वा अज्ञानताको डरमा आधारित हुने गर्दछन् । कसैले कसैलाई भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो ।
नक्कली फेसबुक पेज बनाउने पक्राउ
नक्कली फेसबुक पेज बनाउने पक्राउ प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो ।
Weather Update