खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री
आइतबार, फागुन १६, २०७७
एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक सम्मानित
आइतबार, फागुन १६, २०७७
एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये ६ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी...
मृगौला पीडित विकको उपचारको लागि आर्थिक अभाव
आइतबार, फागुन १६, २०७७
गुल्मीदरबार गाउँपालिका ६ की मृगौला पीडित ३६ वर्षीया सीता विकको उपचारका लागि आर्थिक अभाव भएको छ । दुई वर्ष अघिदेखि दुबै मृगौला फेल भई उपचार गराइरहेकी विकको आर्थिक अभावमा अहिले समस्या भएको हो । २ छोरी र २ छोराकी आमा उनको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि थप उपचारका लागि आर्थिक...
एनसेलको ‘सहयात्री सिम’
आइतबार, फागुन १६, २०७७
एनसेल आजियाटा लिमिटेडले ‘सहयात्री सिम’ योजना ल्याएको छ । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी यो योजन ल्याएको हो । उक्त योजनामा स्टार्टर प्याकमा बण्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा रहेका छन् । यो योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार
आइतबार, फागुन १६, २०७७
विकास र समृद्धिलाई राजनीतिक स्थायित्वसँग जोडेर हेर्ने गरिन्छ । राजनीतिक स्थायित्वबिना विकास र समृद्धि सम्भव हुँदैन । विगतका राजनीतिक अस्थिरतालाई विकास र समृद्धिको प्रमुख बाधकका रूपमा बुझिँदै अहिलेको अवस्थासम्म आइपुगेको छ । कहिले राणाशासनलाई विकास र समृद्धिको बाधक ठानियो त कहिले शाहवंशीय राजतन्त्रलाई । यी दुवै खाले शासनशैली समाप्त भई...
के गर्ला काँग्रेस ?
आइतबार, फागुन १६, २०७७
प्रतिनिधिसभाको पुनःस्थापनासँगै देशमा सत्ता समिकरणको चलखेल सुरु भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार फैसला भएको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राष्ट्रपतिले बोलाउनु पर्नेछ । नेकपाका ओली पक्ष र प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय भने नयाँ सरकार गठनका निम्ति सत्ता समिकरणका गृहकार्यमा लागेका छन् । उनीहरुले कहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने...
रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित
शनिबार, फागुन १५, २०७७
रामपुर नगर सरकारले आठौँ नगर सभाबाट तीन विधेयक र एक नियमावली पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को योजना संशोधन प्रस्ताव सहित स्वास्थ्य तथा सरसफाई विधेयक २०७७, भवन निर्माण विधेयक २०७७, प्राकृतिक स्रोत तथा वातावण संरक्षण विधेयक २०७७ पारित गरेको हो ।
खानीगाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन
शनिबार, फागुन १५, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । १ करोड ३८ लाख लागतमा निर्माण भएको बर्थिङ सेन्टर सहितको भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
पाल्पामा पनि ३९ औं मगर दिवस हर्सोल्लासका साथ मनाइयो
शनिबार, फागुन १५, २०७७
पाल्पा लगायत देशभर मगर समुदायले शनिबार हर्साेल्लासका साथ ३९औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् । पाल्पाका १० वटै स्थानीय तहका मगर समुदायले आ–आफ्नो किसिमले कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् ।
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’
शनिबार, फागुन १५, २०७७
लुम्बिनी प्रदेशका सांसद नारायण आचार्यले बालबालिकाको अधिकार संरक्षणका लागि बालसंगठनलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । नेपाल बाल संगठन पाल्पाको १२ औ अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् आचार्यले यस्तो बताएका हुन् । उनले बालवालिकाको शिक्षा, पोषण, अधिकार देखी उनीहरुको मौलिक अधिकार संरक्षणका लागि बालसंघठनलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं
शनिबार, फागुन १५, २०७७
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल
शनिबार, फागुन १५, २०७७
गुल्मीमा रहेको मदन भण्डारी राजमार्ग क्षेत्रमा दुर्घटना रोक्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । उक्त राजमार्गको कालोपत्रे गरिएको दुर्घटना हुने जोखिम क्षेत्रमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले वाल निर्माण कार्य अगाडि बढेको छ । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे...


