गुल्मीबाट प्युठानको स्वर्गद्वारी हिडेको जीप दुर्घटना : दुईको मृत्यु
बुधबार, वैशाख १, २०७८
पाल्पा व्यापार संघको भित्तेपात्रो विमोचन
मंगलबार, चैत ३१, २०७७
पाल्पा व्यापार संघ तानसेन पाल्पाले नयाँ बर्ष २०७८ को अवसरमा शुभकामना आदान–प्रदान गर्दै भित्तेपात्रो विमोचन गरेको छ । लुम्विनी प्रदेशका सभासद नारायण प्रसाद आचार्यले संघले प्रकाशित गरेको भित्तेपात्रो विमोचन गरे ।
नागरिक सहकारीको भित्तेपात्रो विमोचन
मंगलबार, चैत ३१, २०७७
नागरिक बहुउद्देश्य सहकारी संस्था तानसेनले भित्तेपात्रो विमोचन गरेको छ । सहकारीले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयो्जना गरी नयाँ वर्ष २०७८ सालको शुभकामना आदन–प्रदान सहित भित्तेपात्रो विमोचन गरेको हो ।
गुल्मीमा खोलामा डुवेर दुई बालकको मृत्यु
मंगलबार, चैत ३१, २०७७
गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा २ बालकको खोलामा डुवेर ज्यान गएको छ । मदाने गाउँपालिका १ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका ५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।
डढेलोको चपेटामा ‘रेसुङ्गा वन’
मंगलबार, चैत ३१, २०७७
गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । मुलुक आगलागी र डढेलोको चपेटामा परेको छ । मुुलुकका धेरैजसो वनजंगलमा अहिले डढेलो लागेको छ । डढेलोबाट गुल्मीका वनजंगल पनि अछुतो रहनसकेका छैन् । हरेक वर्ष...
‘जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस’
मंगलबार, चैत ३१, २०७७
पूर्व मन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले नेपाली जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस भएको बताएकी छन् । सोमबार नेपाली काँग्रेस गुल्मीको आयोजनामा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका हरेक दुःखमा काँग्रेस सहयोगी बन्दै आएकाले भरोसाको केन्द्र पनि काँग्रेस नै रहेको बताएकी हुन् । नेतृ पन्तले वर्तमान अवस्थामा...
पाल्पामा पनि दारी ग्याङ गठन
मंगलबार, चैत ३१, २०७७
पछिल्ला दिनहरुमा दारीका सोखिन तन्नेरीहरुको संख्या सहर बजारमा बाक्लै देखिन थालेको छ । तर यिनीहरुले ऋषि मुनि जस्तै देखिन दारी पालेका भने होइनन् । धेरैलाई भ्रम छ, गृहस्थ त्यागेका वा काम न काजकाहरु दारी पाल्छन्, यही आम मानिसको सोचलाई चिर्नका लागि नेपालमा दारी ग्याङ गठन गरिएको छ । सामाजिक सञ्जालमा...
कोरोनासँग लड्न सचेतना अपनाऔँ
मंगलबार, चैत ३१, २०७७
कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्न थालेको छ । छिमेकी मुलुकहरुमा संक्रमण दर बढ्दै गएपछि त्यसको असर नेपालमा पनि देखिएको छ । दैनिक संक्रमितको संख्या सयभन्दा तल ओर्लिसकेको अवस्थामा केही सातायता फेरि यो दर बढ्न थालेको छ । कोरोना भाइरस संक्रमण अहिले तीन सयको हाराहारीमा पुग्नु र भारतलगायत विदेशबाट...
बुटवलमा तीन संक्रमितको मृत्यु
सोमबार, चैत ३०, २०७७
बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।
ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो
सोमबार, चैत ३०, २०७७
मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आइतबार साँझ भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।
पाल्पा काँग्रेसको छलफल
सोमबार, चैत ३०, २०७७
नेपाली काँग्रेस पाल्पाले भावी योजना, रणनीति र कार्यदिशाका विषयमा छलफल तथा अन्तक्र्रिया गरेको छ । काँग्रेसले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा योजना, रणनीति र कार्यदिशाका विषयमा व्यापक छलफल गरेको हो । आइतबार पार्टी कार्यालयमा पार्टी सभापति वीरबहादुर रानाको सभापतित्वमा छलफल भएको थियो ।
नागरिकका गुनासा सम्बोधन गर
सोमबार, चैत ३०, २०७७
स्थानीय तहहरुले प्रदान गर्ने सेवा सुविधाको सन्दर्भमा स्थानीय तहका पदाधिकारीहरु तथा सरोकारवाला नागरिकबीच सार्वजनिक स्थानमा गरिने खुला छलफल नै सार्वजनिक सुनुवाइ हो । यस किसिमको छलफलले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र साार्वजनिक चासोका विषयमा आम नागरिकहरुको सूचनामा पहुँचलाई मजबूत बनाउनुका साथै साार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आमनागरिकको सहभागितालाई...


