Shittalpati
गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु
गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु गुल्मीमा ट्रकले किचेर सह–चालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका– २ , बाँझकटेरी पञ्चनपोखरामा ना २ ख ५७६५ नम्बरको ट्रकको पांग्राले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको शनिवार बिहान ९ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते !
रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते ! जिल्लाको रामपुर नगरपालिका ८ एक्लेटारमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार चार जना घाइते भएका छन् । शुक्रबार विहान कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा ग १९ प ४०८८ नम्बरको मोटरसाईकल र लु १ च ५७२५ नम्बरको स्कार्पियो एक आपसमा ठोक्किन गई मोटरसाईकलमा सवार ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला
गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर विहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।
गुल्मीमा गाई  काटेको आरोपमा दुई व्यक्ति पक्राउ
गुल्मीमा गाई काटेको आरोपमा दुई व्यक्ति पक्राउ गुल्मीमा गाई काटेर मासु खाएको आरोपमा २ जना पुरुष पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा न १ लिलिङ्गका २४ वार्षिय रमेश श्रीस र २२ वार्षिय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ
गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –२ पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई प्रहरीले पक्राउ गरेको हो ।
सडक अवरुद्ध हुँदा संक्रमितलाई लिन गएको टोली रोकियो
सडक अवरुद्ध हुँदा संक्रमितलाई लिन गएको टोली रोकियो केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् ।
पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध
पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध निरन्तर वर्षका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । तीन दिनदेखिको निरन्तर वर्षाले पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, सिसुवजमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते
दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।
बेहुला पक्राउ
बेहुला पक्राउ जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु
पाल्पामा ट्याक्टर दुर्घटना, एककोे मृत्यु जिल्लाको रम्भा गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार राती रम्भा गा.पा. ३ पिपलडाँडा स्थित कालीगण्डकी करिडोर जिरो कि.मि.बाट पिपलडाँडा तर्फ ढुङ्गा लिई जादै गरेको लु ३ त ६८९९ नं. को ट्याक्टर दुर्घटना भएको हो ।
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु
पाल्पाको तिनाउमा चट्याङ लागेर एकको मृत्यु जिल्ला तिनाउँ गाउँपालिका १ कचलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर उचईको घरमा चट्याङ पर्न जाँदा सोही ठाउँका १६ वर्षीय प्रेम बहादुर बगालेको शनिबार राती मृत्यु भएको हो ।
Weather Update