Shittalpati
तानसेनमा सडक कालोपत्रे गर्दा गाडीमा आगलागी : दुई व्यक्ति घाइते
तानसेनमा सडक कालोपत्रे गर्दा गाडीमा आगलागी : दुई व्यक्ति घाइते ­तानसेनमा सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई व्यक्ति घाइते भएका छन् । तानसेन नगरपालिका– ६ होलाङ्दी स्थित होलाङ्दी–ढुङ्गाखानी भित्री सडक खण्ड पिच गर्ने क्रममा लु २ क ४३६९ न.को डिष्ट्रिब्युटर सवारीमा आगलागी भएको हो ।
गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवाको मृत्यु
गुल्मीमा माछा मार्ने क्रममा डुबेर युवाको मृत्यु गुल्मीमा माछा मार्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका– ४ सिमाघाट खोलामा २१ वर्षका मदन घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक
निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।
सडक माथिबाट ढुङ्गा खस्ने डर,  त्रासै त्रासमा यात्रा
सडक माथिबाट ढुङ्गा खस्ने डर, त्रासै त्रासमा यात्रा गुल्मीको मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सडकमा अहिले पनि ढुक्क भएर यात्रा गर्ने स्थिती छैन । पहाडको भिरालो बाटो । त्यस माथि पहिरोका कारण सडक माथि अड्किएका ठूला–ठूला ढुंगा । गाडीमा यात्रा गर्दै लाग्छ गन्तव्यमा पुगिन्छ कि पुगिदैन । साँघुरो, भिरालो र खाल्डाखुल्डी परेको सडक ।
पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गयो
पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गयो जिल्लाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । शनिबार विहान करेन्ट लागेर रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विकको ज्यान गएको हो ।
पाल्पाको तिनाउ खोलामा एक व्यक्ति मृत भेटिए
पाल्पाको तिनाउ खोलामा एक व्यक्ति मृत भेटिए असार ४ तिनाउ खोलामा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान जिल्लाको तिनाउ गाउँपालिका –२ पावर हाउस नजिकै अन्दाजी ३० वर्षीय एक पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका हुन् ।
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड खुल्यो
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड खुल्यो अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बन्न पुगेको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सडकमा पहिरो हटाएपछि विहिबार दिउँसोदेखि खुलेको हो । उक्त सडक खण्ड एकतर्फी रुपमा मात्र सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कालीगण्डकी नदीमा जलसतह बढेपछि पुर्तिघाटका ३ घर जोखिममा
कालीगण्डकी नदीमा जलसतह बढेपछि पुर्तिघाटका ३ घर जोखिममा कालीगण्डकी नदिमा जलसतह बढेपछि पुर्तिघाट बजारका ३ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि यहाँ घरहरु जोखिममा रहेका हुन् ।
वर्षाको प्रभाव:  पहिरोले पाल्पाका अधिकांस सडक अवरुद्ध
वर्षाको प्रभाव: पहिरोले पाल्पाका अधिकांस सडक अवरुद्ध अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका अधिकांस सडकहरु अवरुद्ध बनेका छन् । शनिबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्न पुग्दा सिद्धार्थ राजमार्ग सहित जिल्लाका भित्री सडकहरु अवरुद्ध बनेका हुन् ।
आँधीखोलामा शव फेला
आँधीखोलामा शव फेला स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बुधबार विहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध निरन्तर वर्षाका कारण पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै माथिबाट खसेको पहिरोले सडक नै बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
पाल्पाको रिब्दीकोटमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु
पाल्पाको रिब्दीकोटमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु पाल्पाको रिब्दीकोट गाउँपालिका ४ मन्छिपमा पहिरोले घर पुरिदा एक युवकको मृत्यु भएको छ । निरन्तर परेको अविरल वर्षका कारण आज साझँ स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर माथिबाट पहिरो खस्न गई घर पुरिदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको हो ।
Weather Update