तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध
मंगलबार, असार १, २०७८
.jpg)
भारी वर्षाको सम्भावना:नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मंगलबार, असार १, २०७८
लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । जसका कारण यहाँका ठूला नदीहरुमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी,अर्घाखाँची, परासी, कपिलबस्तु, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम क्षेत्रका नदीमा बाढी आएको छ ।

वर्षाका कारण गुल्मी इस्माका दुई घर भत्किए
मंगलबार, असार १, २०७८
लगातकारको वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिका–५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।

पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक अवरुद्ध
मंगलबार, असार १, २०७८
चार दिनदेखि निरन्तर परेको अविल वर्षका कारण गएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत विभिन्न सडक अवरुद्ध भएका छन् । मंगलबार विहान सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रे नजिकै पहिरो खस्दा तानसेन–बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदाँ दुई घाईते
आइतबार, जेठ ३०, २०७८
जिल्लाको तिनाउँ गाउँपालिका –३ झुम्सा स्थित सिद्दार्थ राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदाँ दुई जना घाइते भएका छन् । बुटवलदेखी तानसेनतर्फ आउदै गरेको लु १ क १३१५ नम्वरको मिनि ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७११४ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका हुन्...

पाल्पाको लघुवामा टिपर दुर्घटना: एकको मृत्यु, चार घाइते
आइतबार, जेठ ३०, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ लघुवामा टिपर दुर्घटना भएको छ । लघुवा स्थित गुल्मी–पाल्पा सडक खण्डमा टिपरहरु एक आपसमा ठोकिँदा आइतबार विहान दुर्घटना भएका हुन्

गुल्मीमा ट्रकले किचेर सहचालकको मृत्यु
शनिबार, जेठ २९, २०७८
गुल्मीमा ट्रकले किचेर सह–चालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका– २ , बाँझकटेरी पञ्चनपोखरामा ना २ ख ५७६५ नम्बरको ट्रकको पांग्राले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको शनिवार बिहान ९ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

रामपुर दुर्घटना : मोटरसाईकलमा सवार ४ घाईते !
शुक्रबार, जेठ २८, २०७८
जिल्लाको रामपुर नगरपालिका ८ एक्लेटारमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार चार जना घाइते भएका छन् । शुक्रबार विहान कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा ग १९ प ४०८८ नम्बरको मोटरसाईकल र लु १ च ५७२५ नम्बरको स्कार्पियो एक आपसमा ठोक्किन गई मोटरसाईकलमा सवार ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुल्मीको इस्मामा ३० वर्षीय पुरुष मृत फेला
बिहीबार, जेठ २७, २०७८
गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर विहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

गुल्मीमा गाई काटेको आरोपमा दुई व्यक्ति पक्राउ
शनिबार, जेठ २२, २०७८
गुल्मीमा गाई काटेर मासु खाएको आरोपमा २ जना पुरुष पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा न १ लिलिङ्गका २४ वार्षिय रमेश श्रीस र २२ वार्षिय बिमल घर्तीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

गुल्मीमा गोरु काटेको आरोपमा तीन व्यक्ति पक्राउ
बुधबार, जेठ १९, २०७८
गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –२ पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई प्रहरीले पक्राउ गरेको हो ।

सडक अवरुद्ध हुँदा संक्रमितलाई लिन गएको टोली रोकियो
आइतबार, जेठ १६, २०७८
केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् ।

पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध
शनिबार, जेठ १५, २०७८
निरन्तर वर्षका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । तीन दिनदेखिको निरन्तर वर्षाले पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३, सिसुवजमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।