पाल्पाको माथागढीमा ट्रक र कार ठोक्किदा चार घाइते
मंगलबार, साउन १२, २०७८

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
शनिबार, साउन २, २०७८
शनिबार बिहानैदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ ।

पाल्पाको तिनाउमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु, एक घाइते
शनिबार, साउन २, २०७८
जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु एक घाइते भएका छन् ।
डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको...

गुल्मीमा जिपको ठक्करबाट तानसेनका पाण्डेको मृत्यु
बिहीबार, असार ३१, २०७८
गुल्मीमा जिपको ठक्करबाट तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ ।

पाल्पाको तिनाउमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, असार २७, २०७८
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका –२ सिस्नेरी स्थित दोभान सिस्नेरी भित्री कच्ची सडक खण्डमा दोभानबाट सिस्नेरीतर्फ जाँदै गरेको लु २ त २५३ नं.को ट्रली जडान नभएको खाली ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक सुचारु
आइतबार, असार २७, २०७८
पहिरोका कारण अवरुद्ध बनेका सिद्धार्थ राजमार्गअन्तर्गतका विभिन्न सडकहरु सुचारु भएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अन्तर्गतका सडकहरु आइतबार बिहान बन्द भए पनि दिउँसो तिर सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक अवरुद्ध
आइतबार, असार २७, २०७८
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने विभिन्न ठाउँका सडकहरु अवरुद्ध भएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अन्तर्गतका सडकहरु आइतबार बिहानदेखि अवरुद्ध भएका हुन् ।

पाल्पा पहिरो अपडेट : मृतकको संख्या तीन पुग्यो
शनिबार, असार २६, २०७८
पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा विहीबार बिहान पहिरोमा परी घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा मृत्यु भएको छ ।

पाल्पा पहिरो अपडेट : बेपत्ता बालक मृत भेटिए, मृतकको संख्या दुई पुग्यो
बिहीबार, असार २४, २०७८
पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा विहीबार बिहान पहिरोमा परी बेपत्ता भएका बालक मृत अवस्थामा भेटिएका छन् । पहिरोमा बेपत्ता भएका स्थानीय रमेश परियारका ४ बर्षीय छोरा आरोप परियारको खोजी गर्दा विद्यालय परिसरमा पहिरोले च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रामेश्वर त्वातीले जानकारी...

बाढी–पहिरोका कारण गुल्मीको पुर्तिघाट बजार जोखिममा
बिहीबार, असार २४, २०७८
गएराती देखि परेको अविरल बर्षाका कारण पुर्तिघाट बजार बाढी–पहिरोको उच्च जोखिममा रहेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको कार्यालय नजिकै पुर्तिघाट बजारमा बाढी सहितको पहिरो गएपछि जोखिम बढेको हो ।

पाल्पाको तिनाउमा पहिरोले घर पुरिदा एकको मृत्यु, एक वेपत्ता
बिहीबार, असार २४, २०७८
पाल्पामा गएराती देखी परेको अविरल बर्षाका कारण पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । पहिरोमा परी ६ जना घाईते छन् । तिनाउँ गाउँपालिका – ५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ ।

पाल्पामा टिपर दुर्घटना:चालकको मृत्यु
बुधबार, असार २३, २०७८
जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नंम्वरको एआर कन्स्ट्रक्सन टिपर सिद्धार्थ राजमार्गमा आज विहान दुर्घटना भएको हो ।