एकै ठाउँमा लगातार तीन सवारी दुर्घटना !
आइतबार, माघ २, २०७८

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम
आइतबार, पुस २५, २०७८
पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण मानिएका छन् ।

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?
बुधबार, पुस २१, २०७८
स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

पाल्पाको हेक्लाङ्गमा जिप दुर्घटना हुँदा पाँच घाइते
सोमबार, पुस १९, २०७८
जिल्लाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङ्गमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्स्थित भित्री कच्चि सडकमा हेक्लाङ्गबाट तानसेनतर्फ आउदै गरेको लु १ ज २६०७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जना घाइते भएका हुन् ।

पाल्पा लघुवा बस दुर्घटना : मृतक सातै जनाको पहिचान खुल्यो (अपडेट)
आइतबार, पुस १८, २०७८
जिल्लाको रिब्दीको गाउँपालिका २ लघुवामा भएको बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएकाहरु बुटवल उपमहानगरपालिका १७ का ३० वर्षीय पशुपति रसाली, सोही ठाउँका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२ का २८ वर्षीय भोजेन्द्र विक,...

पाल्पा लघुवा बस दुर्घटना : मृतकमध्ये ६ को पहिचान खुल्यो (अपडेट)
आइतबार, पुस १८, २०७८
जिल्लाको रिब्दीको गाउँपालिका २ लघुवामा भएको बस दुर्घटनामा परी मृत्यु भएका सात जना मध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका सात जनामध्ये बुटवल उपमहानगरपालिका १७ का ३० वर्षीय पशुपति रसाली, सोही ठाउँका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२...

पाल्पामा मलामी चढेको बस दुर्घटना, ७ को मृत्यु, ८ घाइते
आइतबार, पुस १८, २०७८
बुटवल वुद्धनगरबाट शव बोकेर रिडी घाट हिडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नंं २ लघुवामा दुर्घटना भएको छ । आज बिहान १०ः ३० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले...

तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द
मंगलबार, पुस १३, २०७८
पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।

मोटरसाइकल र बस ठोक्किदा एकको मृत्यु
सोमबार, पुस १२, २०७८
मोटर साइकल र बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडक खण्डको तिनाउ गाउँपालिका ३ अर्घाछापमा मोटर साइकल र बस एक आपसमा ठोक्किदा मृत्यु भएको हो ।

गुल्मी कांग्रेसका सभापति पन्थीद्वारा सडक विभागको ध्यानाकर्षण
बुधबार, पुस ७, २०७८
सभापति पन्थीले जिल्लाको रिडी रुद्रबेणी वामीटक्सार सडकको विभिन्न स्थानमा पक्की पुलको निर्माण नहुदा त्यस क्षेत्रका नागरिकले निकै सास्ती भोग्नु परेको भन्दै छिटोभन्दा छिटो पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन सडक विभागको ध्यानाकर्षण गराएका हुन् ।

तानसेनमा ‘एक वडा एक किलोमिटर’ सडक पिचको काम धमाधम
बुधबार, मंसिर २९, २०७८
जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा धमाधम (पिच) कालोपत्र गर्ने काम थालेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्र गर्ने काम धमाधम थालेको हो ।

बुटवल–पाल्पा सडक १५ दिन बन्द हुने
सोमबार, मंसिर २७, २०७८
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द रहने भएको छ । बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक चौडा गर्न मंगलबारदेखि १५ दिनको लागि बाटो बन्द गर्न लागिएको हो ।

तानसेन–रिडी सडक दैनिक ६ घण्टा बन्द
आइतबार, मंसिर २६, २०७८
तानसेन–रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो ।