Shittalpati
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
यातायात कार्यालयको सेवा सुधार गर्न नयाँ मापदण्ड
यातायात कार्यालयको सेवा सुधार गर्न नयाँ मापदण्ड सवारी चालक अनुमतिपत्र वितरणमा चरम लापरबाही भइरहेको गुनासो बढेपछि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले थप मापदण्ड बनाएर कडाइ गर्ने भएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्न यातायात व्यवस्था तथा सवारी चालक अनुमतिपत्र कार्यालयको सेवामा उल्लेख्य सुधार ल्याउनुपर्ने भएकाले मन्त्रालयले थप मापदण्ड बनाएको हो ।
रानीमहल–राम्दी सडकको मन्त्री रानाद्वारा अनुगमन
रानीमहल–राम्दी सडकको मन्त्री रानाद्वारा अनुगमन लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले निर्माण हुन नसेका सडकहरुको स्थलगत अनुगमन गरेका छन् । उनले कालीगण्डकी करिडोरको रानीमहल–राम्दी सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।
बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै
बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –८ तालतुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँका अन्दाजी ३९ वर्षीय नुरबहादुर सूर्यवंशी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
सात घण्टापछि अवरुद्ध सिद्धार्थ राजमार्ग चालु
सात घण्टापछि अवरुद्ध सिद्धार्थ राजमार्ग चालु अविरल वर्षासँगै आएको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड बिहीबार बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।
सडक कालोपत्रेले स्थानीय उत्साहित
सडक कालोपत्रेले स्थानीय उत्साहित कच्ची सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर भण्डारी टोलमा सडक कालोपत्रे भएपछि यहाँका स्थानीय उत्साहित भएका हुन्  ।
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले रानीमहल घुम्न पुगेकाहरु अलपत्र परेका छन् ।
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध कालीगण्डकी करिडोर सडक खण्ड अवरुद्ध भएको छ । आइतबार साँझादेखि परेको निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले कालीगण्डकी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।
गुल्मीमा जिप खोलाले बगायो
गुल्मीमा जिप खोलाले बगायो जिल्लाको सत्यवतीमा जिप खोलाले बगाएको छ । आइतबार साँझादेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको हो ।
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।
Weather Update