गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, जेठ २७, २०७९
रुपन्देही बस दुर्घटना : ६ जनाको पहिचान खुल्यो (अपडेट)
आइतबार, जेठ २२, २०७९
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये ६ जनाको पहिचाल खुलेको छ ।
रुपन्देहीमा बस खोलामा खस्दा नौ जनाको मृत्यु
आइतबार, जेठ २२, २०७९
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खस्दा नौ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो...
रेसुङ्गा नगरप्रमुख पन्थीले गरे सडक खण्डको अनुगमन
बुधबार, जेठ १८, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अनुगमन गरेका छन् । जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रुपमा रहेको यस सडक खण्डको अनुगमन नगरप्रमुख पन्थीले गरेका हुन् ।
जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो
सोमबार, जेठ १६, २०७९
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए...
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सोमबार, जेठ ९, २०७९
सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सोमबार दिउँसो तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।
भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने तयारी
शनिबार, जेठ ७, २०७९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउन लागिएको छ । श्रम मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिका लागि सेवा दिने गरी आवश्यक तयारी थालेको छ ।
पाल्पामा जिप दुर्घटना एकको मृत्यु, दुई घाइते
बिहीबार, वैशाख २२, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते भएका छन् । बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका हुन् ।
तानसेनमा शौचालय गएका भरियाको लडेर ज्यान गयो
सोमबार, वैशाख १९, २०७९
जिल्लाको तानसेनमा शौचालय गएका एक भरियाको लडेर ज्यान गएको छ । तानसेन नगरपालिका–२ हुलाक चोकस्थित सती शाहीको घरको शौचालयमा लडेर नाम थर नखुलेका अन्दाजी २६ वर्षीय युवक बेहोस भएका थिए ।
तिनाउमा पौडी खेल्ने क्रममा डुवेर एकको मृत्यु
आइतबार, वैशाख १८, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –३ ड्रयामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भारतको गोरखपुरबाट घुम्न आएका ३५ वर्षीय अंकति श्रीवास्तव पौडी खेल्ने क्रममा डुवेर घाइते भएका थिए ।
तानसेन–रानीमहल सडक बैशाख २१ गते सम्म बन्द रहने
बुधबार, वैशाख १४, २०७९
तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक बैशाख १५ गते विहीबारदेखि वैशाख २१ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । निर्माणाधिन तानसेन रानीमहल सडकमा पूर्ण रुपमा कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि पूर्वाधार सडक कार्यालय तानसेन पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।
रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु
सोमबार, वैशाख १२, २०७९
जिल्लाको रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ घिमिरे टोलका ३५ वर्षीय रमेश आचार्यको सोमबार विहान काब्रोको रुखबाट लडेर मृत्यु भएको हो ।
स्याङ्जामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुग्यो
सोमबार, वैशाख ५, २०७९
स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर दालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए...


