बीउ र तरकारी बेचेर १४ लाख बढीको आम्दानी
मंगलबार, असोज १६, २०८०
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित
बिहीबार, असोज ४, २०८०
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आज आठ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन् ।
कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन
बिहीबार, असोज ४, २०८०
कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्याक्टर समातिएपछि घटना बाहिर आएको हो ।
श्रीनगर उपशाखाले मनायो प्राथमिक उपचार दिवस
शनिबार, भदौ २३, २०८०
नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेनले विश्व प्राथमिक उपचार दिवस मनाएको छ । हरेक बर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व रेडक्रसकर्मीहरूले विश्व प्राथमिक उपचार दिवस मनाउदै आएका छन् ।
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
शुक्रबार, भदौ २२, २०८०
स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार बिहान वालिङ नपा–६ रसखोलास्थित आमडालीका ३६ वर्षीय यमबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
बुधबार, भदौ २०, २०८०
स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
संसदीय समिति सभापतिमा उम्मेदवारी दर्ता हुँदै
आइतबार, भदौ १०, २०८०
प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सोमबार हुने निर्वाचनका लागि सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता हुने भएको हो । प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित । बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म...
लोपोन्मुख रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालियो
शनिबार, भदौ ९, २०८०
स्दाङमा रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको उक्त धान तुलसीपुर उपमहानगरपालिका–१८ स्थित विजौरीमा करिब दुई बिघा जग्गा भाडामा लिएर खेती सुरुवात गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई प्राङ्गारिक खेतीअन्तर्गत तिल्की...
काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना
शनिबार, भदौ ९, २०८०
काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०–०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।
‘छाप्राकको राते पहराले निदाउन दिँदैन’
शुक्रबार, भदौ ८, २०८०
दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन ।
कालीगण्डकीमा केरा खेतीलाई प्रोत्साहन : एक दिन केराका परिकार अनिवार्य
सोमबार, भदौ ४, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।