Shittalpati
बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध
बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडाबासीलाई सूचित गरेको थियो ।
त्रिशूलीमा खसेको जिप भेटियो  
त्रिशूलीमा खसेको जिप भेटियो   त्रिशूली नदीमा  खसेको जिप  भेटिएको छ । आज बिहान पौने पाँच बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट खसेको जिप त्रिशूलीमा भेटिएको हो ।
भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन
भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन भारतीय सेनाबाट फर्किएका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आएका छन् । सत्र वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फर्किएका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उनले आरनको कामलाई व्यावसायिक रुपमा अगाडि सञ्चालन गर्दै आएका छन् ।
वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट
वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसंख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिँदै आइएको हो ।
गण्डकी–लुम्बिनी प्रदेश जोड्ने राम्दीमा ‘सिग्नेचर ब्रिज’
गण्डकी–लुम्बिनी प्रदेश जोड्ने राम्दीमा ‘सिग्नेचर ब्रिज’ गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको हो ।
मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’
मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’ गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न साँस्कृतिक नाच प्रस्तुत गर्छन् ।
छाला नहुँदा मादल बनाउने पेशा संकटमा
छाला नहुँदा मादल बनाउने पेशा संकटमा मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै संकटमा पर्न थालेको छ । मादल लगायत बाजा बनाउन आवश्यक पर्नेे विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै संकटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउँछन् । 
वालिङमा बाँस उद्योग सञ्चालन हुँदै
वालिङमा बाँस उद्योग सञ्चालन हुँदै स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत आँधीखोला किनारमा रहेका बाँसका सामग्री उत्पादन गर्न उद्योग स्थापना गरिने भएको छ । वालिङ नगरभित्र पर्ने आँधीखोला किनारमा रहेका बाँसलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी बाँसजन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्नका लागि नगरपालिका र छाता संस्था नेपालबीच सम्झौता भएको हो ।
वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने
वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’ अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो ।
किसानको आलु कम्पनीले सिधैं खरिद गर्ने
किसानको आलु कम्पनीले सिधैं खरिद गर्ने स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए ...
लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ
लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ लागूऔषध ब्राउनसुगर हिरोइन मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । गुल्मी कालिगण्डकी गाउँपालिका वडा २ घर भई हाल स्याङ्जाको फेदिखोला गाउँपालिका–२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर पक्राउ परेका हुन्  ।
Weather Update