पाल्पा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा एमाले रिव्दीकोटका नेता तुलबहादुर अधिकारीले प्रेस चौतारी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिएका छन् । उनले धर्मपत्नी प्रतिक्षा अर्याल अधिकारीको सम्झनामा प्रेस चौतारी पाल्पा शाखामा प्रेस चौतारी पुरस्कार अक्षयकोष स्थापना गरिदिएका हुन् ।
प्रेस चौतारीले तानसेनमा आयोजना गरेको जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा नेता अधिकारीले पत्रकारीता पुरस्कारका लागि ५५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रदान गरेका छन् । चेक हस्तान्तरण गर्दै उनले शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न चौतारीलाई आग्रह गरेका छन् । पत्रकार देशको चौथों अंग भएकाले उनीहरुको प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरिएको नेता अधिकारीको भनाई छ । उनले आगामी ५ वर्षमा उक्त अक्षयकोष बढाएर १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पु¥याउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । नेता अधिकारीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको चाहाना र अपेक्षा अनुसार काम गर्न आग्रह गरे । उनले पाँच वर्षको लागि जनताको सेवा गर्न आएकाले पारदर्शी र सुशासन कायम गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । नेता अधिकारीले पत्रकार र जनप्रतिनिधिहरु बिच समन्वय गरी अगाडि बढ्न पनि पत्रकार र जनप्रतिनिधिहरुलाई आग्रह गरे ।