Shittalpati
सुजुकीका दुई नयाँ गाडी सार्वजनिक

पाल्पा, नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले दुुई नयाँ मोडलका गाडी सार्वजनिक गरेको छ । उसले नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्वेज’को प्रयोग गरिएको छ । जसका कारण अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीको भनाइ छ । सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीले बताएको छ ।

नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका कारण शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुने कम्पनीले बताएको छ । प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । सुरूआती चररणमा यी गाडी किन्ने ग्राहकले गाडीको भेरियन्ट अनुसार ४१ लाख १९ हजारदेखि ८५ लाख २९ हजारसम्ममा पाउँछन् । यी दुवै गाडीको बजारमा राम्रो माग रहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update