Shittalpati
‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’

पाल्पा, ‘पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ यो इसेवाले ल्याएको उपहार योजना हो । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ भन्ने उपहार योजना ल्याएको हो ।

यस अफर अन्तर्गत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउने छन् । यस योजनामा बैंक ट्रान्स्फर गर्दा डबल क्यास ब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिनेछ । अफरमा इसेवामार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्स्फर गर्दा सहभागी हुन पाइने बताइएको छ । यो अफर योजना चैत ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुई पटक बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ । इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख भन्दा बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको दावी गरेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको बताएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update