Shittalpati
नेपाली सेनाद्वारा सामुदायिक वनमा वृक्षरोपण
नेपाली सेनाद्वारा सामुदायिक वनमा वृक्षरोपण नेपाली सेनाले बिहीबार वडभान तथा रानीवन सामुदायिक वन रामपुर ४ मा वृक्षरोपण गरेको छ । गोरख दल गण रामपुर सुरक्षा गुल्मले सेनाको वार्षिक वृक्षरोपण कार्यक्रम अन्तर्गत रामपुर सवडिभिजन वन कार्यालयको सहयोगमा रामपुर नगरपालिका र वडभान तथा रानीवन सामुदायिक वनसँग समन्वय गरी वृक्षरोपण गरेको हो ।
गुल्मीमा पनि खुल्यो करदाता सेवा कार्यालय
गुल्मीमा पनि खुल्यो करदाता सेवा कार्यालय करदाताहरुको सेवालाई मध्यनजर गर्दै जिल्लामा करदाता सेवा कार्यालयको स्थापना भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका १ क्याम्पसरोडमा कार्यालय स्थापना गरेको हो ।
मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा
मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्‍यो राहत सामग्री सहयोग
पाल्पाका बाढी,पहिरो पीडितलाई बेस नेपालले गर्‍यो राहत सामग्री सहयोग पछौटेपन उन्मूलन समाज (बेस) नेपालले जिल्लाका बाढी तथा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेको छ । युकेएडको सहयोगमा केयर नेपालमार्फत प्राप्त भएको राहत सामग्री जिल्लाका १० वटै स्थानीय तहका प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गरेको हो ।
भैरव नवदीपलाई  कुमारी बैंकको सहयोग
भैरव नवदीपलाई कुमारी बैंकको सहयोग जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेको भैरव नवदीप उच्च माध्यमिक विद्यालयलाई कुमारी बैंक लिमिटेडले जिन्सी सहयोग गरेको छ । बैंकले सामजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर र ल्यापटप सहयोग गरेको हो ।
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन
नागरिक सहकारीको प्रथम साधारण सभा, अध्यक्षमा झमन तानसेनमा रहेको श्री नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा भएको छ । सहकारीले तानसेनमा आफ्नो पहिलो साधारण सभा मनाएको हो । सभाको नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
गुल्मीमा ८८ प्रतिशत बजेट खर्च, २३ करोड ४३ लाख राजस्व संकलन
गुल्मीमा ८८ प्रतिशत बजेट खर्च, २३ करोड ४३ लाख राजस्व संकलन गत आर्थिक वर्षमा जिल्लाको विकास निर्माणका लागि प्राप्त भएको बजेटमध्ये ८८ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा विकास निर्माणका लागि प्राप्त कूल बजेट ९ अर्ब ५९ करोड ९४ लाख ६५ हजारमध्ये ८ अर्ब ४६ करोड २४ लाख ६७ हजार ९ सय अर्थात् ८८ दशमलव १५ प्रतिशत...
प्रेस युनियन पाल्पाद्वारा पत्रकारलाई ज्याकेट
प्रेस युनियन पाल्पाद्वारा पत्रकारलाई ज्याकेट नेपाल प्रेस युनियन पाल्पा शाखाले युनियनमा आवद्ध जिल्लाका क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको पहिचान र स्वास्थ्य सुरक्षाका लागि युनियनले प्रेस ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै
बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै विश्वभर फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संघ सस्थाका शाखाहरु अबदेखि नियमित खुल्ने भएका छन् । लकडाउनका कारण सञ्चालन हुन नसकेका केही बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ने भएका हुन् ।
तानसेनमा सहकारी सञ्जाल : अभियान तिव्र
तानसेनमा सहकारी सञ्जाल : अभियान तिव्र सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवद्र्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा यसलाई एउटा व्यावसायिक कौशलको रूपमा पनि लिइन्छ । ‘एकका लागि सबै र सवैका लागि एक’ भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक...
जन्मदिनको अवसरमा नेता कंडेलले गरे पहिरो पीडितलाई आर्थिक सहयोग
जन्मदिनको अवसरमा नेता कंडेलले गरे पहिरो पीडितलाई आर्थिक सहयोग पछिल्लो समय नेपाली समाजमा मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, अनावश्यक फजुल खर्च गरेर खानपिन गरी जन्मदिन मनाउने गर्छन् । तर जिल्लाका एक व्यक्तिले भने आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।
पाल्पामा एक वर्षमा चार सय उद्योग थपिए
पाल्पामा एक वर्षमा चार सय उद्योग थपिए पाल्पा जिल्लामा एक वर्षमा ४ सय ७ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७/७७ का अवधिमा जिल्लामा लघु उद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम ३ सय ९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १ सय ५५, पर्यटनमूलक १ सय ४८ र सेवामूलक ६२ उद्योग...
Weather Update