८.६७ प्रतिशत लाभांश दिने कुमारी बैंकको घोषणा
बिहीबार, असोज १४, २०७८
रिब्दीकोटमा इन्टरनेट जडानमा अनुदान
बुधबार, असोज १३, २०७८
रिब्दीकोट गाउँपालिकाभित्रका नागरिकले सूचना प्रविधिको अत्यधिक प्रयोग गरी घर तथा टोलबाट नै सरकारी सेवा उपभोग गर्न थालेका छन् । गाउँपालिकाले पछिल्लो समय घर–घरमा इन्टरनेट जडानमा अनुदान र स्मार्ट सूचना केन्द्रमा फोटोकपीसहितको इन्टरनेटको सुविधाले सरकारी कार्यालय धाउनुपर्ने बाध्यता हटेको हो ।
सानिमा बैंकको ‘दशैं धमाका’
सोमबार, असोज ११, २०७८
नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘दशैं धमाका’ योजना ल्याएको गरेको छ ।
यामाहाको ‘महा एक्सेञ्ज मेला’
आइतबार, असोज १०, २०७८
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको हो ।
आगलागी पीडितलाई रायमाझी कूलदेवता समिति तानसेनको आर्थिक सहयोग
शनिबार, असोज ९, २०७८
रायमाझी कूल देवता समिति तानसेन नगर समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर
शनिबार, असोज ९, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।
तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
शुक्रबार, असोज ८, २०७८
नेपाल राष्ट्र बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण
बुधबार, असोज ६, २०७८
कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड/एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो ।
गुल्मीमा सहुलियत कर्जाका लागि स्थानीय तह र बैंक बीच सम्झौता
मंगलबार, असोज ५, २०७८
गुल्मीमा सहुलियत दरको कर्जा प्रवाहका लागि स्थानीय तह र बैंक बीच सम्झौता गरिएको छ । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना गुल्मीले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा स्थानीय तह र बैंक बीच सहुलियत ब्याजमा ऋण उपलब्ध गराउन सम्झौता गरिएको हो ।
गुल्मीमा अक्सिजन प्लान्ट अभियानबाट एक करोड संकलन
मंगलबार, असोज ५, २०७८
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीद्वारा सञ्चालित अक्सिजन अभियानमा एक करोड चारलाख १९ हजार ९ सय ८५ संकलन भएको छ ।
मेगा बैंकको मुद्दती तथा बचतमा उच्च ब्याजदर
मंगलबार, असोज ५, २०७८
मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरूलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।
काँग्रेस नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री
आइतबार, असोज ३, २०७८
जिल्लामा नेपाली काँग्रेसका स्व. नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा सांसद् गम्भीरजंग कार्की र नेपाली काँग्रेस तानसेन नगरका पूर्व सभापति तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको स्मृतिमा जिल्लाका स्वास्थ्यचौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।
नबिल बैंकले ल्यायो दसैं योजना
आइतबार, असोज ३, २०७८
नबिल बैंकले यस वर्ष दसैं योजना घोषणा गरेको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको हो ।


