Shittalpati
रामपुर नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा
रामपुर नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा जिल्लाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका पालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
धार्मिक पर्यटन बढाउन बुटवल–मुक्तिनाथ यात्रा 
धार्मिक पर्यटन बढाउन बुटवल–मुक्तिनाथ यात्रा  बुटवल उपमहानगरपालिकाले धार्मिकपर्यटन बढाउन बुटवल–मुक्तिनाथ धार्मिक यात्रा सुरु गरेको छ । महानगरपालिकाले सोमबार पाल्पाकोभगवती मन्दिरबाट धार्मिक यात्राको शुभारम्भ गरेको हो ।
सेन माविले मनायो ५७ औं वार्षिक उत्सव  
सेन माविले मनायो ५७ औं वार्षिक उत्सव   सेन माध्यमिक विद्यालय तानसेन पाल्पाले ५७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालयले आइतबार विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको हो ।
सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
सन्धिखर्कमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न जिल्लाको सन्धिखर्क नगरपालिकाका दुई स्थानमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएका छन् । दुई स्थानका शिविरबाट चार सय जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकामा स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
निजी क्षेत्रको मनोबल माथि नउठाइकन समृद्ध नेपाल बन्दैन: सभापति श्रेष्ठ
निजी क्षेत्रको मनोबल माथि नउठाइकन समृद्ध नेपाल बन्दैन: सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले निजी क्षेत्रको मनोबल माथि नउठाइकन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको पहिलो जिल्ला अधिवेशनलाई शनिबार तानसेनमा सम्बोधन गर्दै उनले  पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्कदै गएकाले उनीहरुको समस्या...
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो । 
बजेटमा सुधारका कुरा लेखौं, सपना बाड्ने कुरा होइन्
बजेटमा सुधारका कुरा लेखौं, सपना बाड्ने कुरा होइन् पछिल्लो समय नेपालको बजेट देशको यर्थाथ धरातल भन्दा माथि उठेर ,बजेट निर्माणको विधि र सिद्धान्तलाई लत्याउदै बनाउने परिपाटी मौलाउदै गएको देखिन्छ ।
लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा केसी
लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा केसी नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संगठन लोकतान्त्रिक निर्माण व्यवसायी संघ पाल्पाको अध्यक्षमा राजेन्द्र केसी चयन भएका छन् । संघको शनिबार सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
मदन आश्रित स्मृती दिवस: तानसेनमा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद
मदन आश्रित स्मृती दिवस: तानसेनमा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद ३२ औं मदन आश्रित स्मृती दिवसको अवसरमा जिल्लामा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।
रामपुरका महिलालाई पोते, माला र चुरा बनाउने तालिम
रामपुरका महिलालाई पोते, माला र चुरा बनाउने तालिम , जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई पोते माला तथा चुरा बनाउने तालिम दिइएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
विश्व उच्च रक्तचाप दिवस मनाइँदै
विश्व उच्च रक्तचाप दिवस मनाइँदै आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
आज विश्व दूरसञ्चार दिवस मनाइँदै आज विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर विश्वभर यो दिवस मनाइँदै छ ।
Weather Update