भारतमा फसेकी युवतीको उद्दार
बुधबार, साउन २८, २०७७
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना
आइतबार, साउन २५, २०७७
दुई हप्तादेखि घर–घरमा धारा नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरुका घरमा दुई हप्तासम्म धारामा पानी नआएपछि उपभोक्ता दिक्क भई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ
आइतबार, साउन २५, २०७७
जिल्लामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कर्माचार्यको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार
शनिबार, साउन २४, २०७७
लोकतन्त्र तथा कानुनी राज्य स्थापनाका लागि गैर सरकारी संस्थाको रुपमा वकालत गर्दै आएको स्कूल अफ डेमोक्रेसी पाल्पामा अजय कर्माचार्यको अध्यक्षतामा कार्यसमिति विस्तार भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सभासद वीरबहादुर रानाको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार भएको हो ।
शिक्षासेवी नेपालको निधन
शनिबार, साउन २४, २०७७
पाल्पाली शिक्षासेवी, शैक्षिक अभियान्ता, समाजसेवी एवं तत्कालीन नगरका प्रधान पञ्च झमेन्द्र प्रसाद नेपालको निधन भएको छ । लामो सयमदेखि विभिन्न रोगबाट ग्रसित नेपालको ८४ वर्षको उमेरमा शुक्रवार राति आफ्नै निवासमा निधन भएको हो । जनता मा.विका पूर्व प्राचार्य समेत रहेका नेपालले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।...
तानसेनमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी
शुक्रबार, साउन २३, २०७७
विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास तानसेनमा प्रदर्शन गरिएको छ । विपद् हुनु अघि, विपद्का बेला र विपद् भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जिल्लाका सुरक्षा निकायहरुले जनचेतनामुलक प्रदर्शन गरेका हुन् ।
यातायातमा जोरबिजोर प्रणाली लागू
बिहीबार, साउन २२, २०७७
मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ
बुधबार, साउन २१, २०७७
कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
मंगलबार, साउन २०, २०७७
आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो ।
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै
आइतबार, साउन १८, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह
शनिबार, साउन १७, २०७७
प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु
शनिबार, साउन १७, २०७७
जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
शनिबार, साउन १७, २०७७
प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क (उद्यान) मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेको अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा...


