आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
शुक्रबार, पुस १०, २०७७
पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक
बिहीबार, पुस ९, २०७७
पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो ।
आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या
बुधबार, पुस ८, २०७७
आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।
मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना
मंगलबार, पुस ७, २०७७
बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन् । हिंसामा परेर उजूरी आएकामध्ये २६ घटनामा मिलापत्र भएको छ ।
पाल्पाको बगनासकालीमा एक युवा घरमै मृत भेटिए
मंगलबार, पुस ७, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोकमा एक युवा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार विहान पोखराथोकका २९ वर्षीय संजय पहारी घर अगाडि बलेन्द्रीमा मृत अवस्थामा फेला परेका हुन् ।
‘विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै एक जुट’
सोमबार, पुस ६, २०७७
जिल्ला समन्य समिति पाल्पाका कार्यवाहक सभापति मीरा मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न सबै पक्ष एक जुट हुनुपर्ने बताएकी छन् । रुम टु रिड नेपाल र बेस नेपालले भर्चुअलमार्फत आयोजना गरेको साक्षरता कार्यक्रम हस्तान्तरणमा बोल्दै मरासीनीले विद्यार्थीहरुको सिकाई उपलब्धी हासिल गर्नका लागि शिक्षक, अभिभावक, स्थानीय सरकार, गैर सरकारी संस्था र...
पेशाबाट पलायन हुँदै पत्रकार
सोमबार, पुस ६, २०७७
नेपाल पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा छैनन् । हाल उनी मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत छन् ।
माथागढीको सिमलधारामा पहिलो पटक बस पुग्यो, स्थानीय खुसी
आइतबार, पुस ५, २०७७
जिल्लाको माथागढी गाउँपालिकाको सिमलधारामा पहिलो पटक बस पुगेको छ । खहरे,फेदी, ज्यामिरे, दान्सिङ्गा, गोफादी हुँदै गढीबारी सिमलधारामा पहिलो पटक बस पुगेको हो । गाउँमा बस पुगेपछि स्थानीय खुसी भएका छन् । उनीहरुले बस पुर्याउन सहयोग गर्ने माथागढी गाउँपालिका, ४ का वडा अध्यक्ष मधु पराजुली,बस धनी सुदर्शन रायमाझी, अनिल थापा र...
शिक्षकलाई तालिम
आइतबार, पुस ५, २०७७
शिक्षकको पेशागत विकासका लागि तानसेनमा तालिम कार्यशाला सञ्चालन भएको छ । लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजनामा शुक्रबारदेखि तालिम सञ्चालन भएको हो ।
नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नेको पक्षमा : विश्वहिन्दु महासंघ
शनिबार, पुस ४, २०७७
नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्ने पार्टीको पक्षमा विश्वहिन्दु महासंघ रहेको महासंघले जनाएको छ । विभिन्न राजनितिक दलका कारण आफुहरु संकटमा पर्ने अवस्था आएकाले अब जुन पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्छ उही पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने महासंघले जनाएको हो ।
कालीगण्डकी किनारमा महिलाको शव फेला
शुक्रबार, पुस ३, २०७७
कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै
शुक्रबार, पुस ३, २०७७
अन्तर्राष्ट्रिय आप्रवासन दिवस शुक्रबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो ।
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउँदै सेना
बिहीबार, पुस २, २०७७
कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्व र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् । सेनाको व्यवहार पनि जनमैत्री थिएन ।


