Shittalpati
एसइई पाठशालाका शिक्षकहरुलाई विदाई
एसइई पाठशालाका शिक्षकहरुलाई विदाई दुरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशालाका शिक्षकहरुलाई सामुदायिक रेडियो मदनपोखराले सम्मान गरेको छ । कोरोनाका कारण एसइईको परीक्षा स्थगित भएपछि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययन, कम्यूटर र स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयमा रेडियोले दैनिक ५ घण्टा पठनपाठन गरेको हो ।
गुल्मीमा ८९ सवारी साधन नियन्त्रणमा
गुल्मीमा ८९ सवारी साधन नियन्त्रणमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले लकडाउनको अवधिमा ८९ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघन गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्पूर्ण गुल्मीवासीहरुलाई साँझ ७ बजे दीप प्रज्वलन गर्न जिल्ला प्रशासन गुल्मीको आग्रह
सम्पूर्ण गुल्मीवासीहरुलाई साँझ ७ बजे दीप प्रज्वलन गर्न जिल्ला प्रशासन गुल्मीको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पूर्ण गुल्मीबासीहरुलाई बिहीबार साँझ ७ बजे आ–आफू रहेको स्थानमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।
मन्त्रालयबाट परिपत्र नआउदासम्म पाल्पामा लकडाउन यथावत्
मन्त्रालयबाट परिपत्र नआउदासम्म पाल्पामा लकडाउन यथावत् नेपाल सरकार मन्त्रिपरिषदको बैठकले लकडाउनलाई खुकुलो बनाउदै निश्चित मापदण्ड अपनाएर ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्यण गरे पनि पाल्पामा भने मन्त्रालयको परिपत्र नआउदा अन्यौल भएको छ ।
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ लकडाउनको समयमा पाल्पामा अवैध सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अवैध सालको काठ सवारी साधनमा ओसार–पसार गर्दै गर्दा पक्राउ गरेको हो ।
त्रिबक्या प्राध्यापक संघ पाल्पाद्वारा स्थानीय तहलाई सहयोग
त्रिबक्या प्राध्यापक संघ पाल्पाद्वारा स्थानीय तहलाई सहयोग नेपाल प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जिल्लाका १० स्थानीय तहलाई नगद सहयोग गरेको छ । पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकालाई दश/दश हजारका दरले सहयोग गरिएको हो ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ ।
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता प्रदेश पाँचमा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो ।
बगनासकाली गाउँपालिकाले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
बगनासकाली गाउँपालिकाले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ ।
सामुदायिक रेडियो मदनपोखराद्वारा २०७७ को भित्तेपात्रो सार्वजनिक
सामुदायिक रेडियो मदनपोखराद्वारा २०७७ को भित्तेपात्रो सार्वजनिक जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरले २०७७ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कोरोनामहामारी र बन्दाबन्दीकाकारण डिजिटल भर्सन मात्र वितरण गरेको रेडियोले आईतबार भित्तेपात्रो नै सार्वजनिक गरेको हो ।
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो प्रदेश ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम बढी थियो । गत आर्थिक वर्ष २०७५/०७६ को चैतमा यस प्रदेशमा ८१...
Weather Update