Shittalpati
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति
त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने सहमति...
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन
समायोजनले गुल्मीका ३७ विद्यालय विलीन विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन्, जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ ।
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम
गुल्मी र पाल्पाका शिक्षकलाई तालिम पाल्पा र गुल्मीका शिक्षकहरुलाई तालिम दिइएको छ । शिक्षा तालिम केन्द्र रुपन्देही,लुम्विनी प्रदेशको आयोजनामा तानसेनमा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धी तालिम दिइएको हो ।
चोरीको मोटरसाइकल चलाउने दुई पक्राउ
चोरीको मोटरसाइकल चलाउने दुई पक्राउ पछिल्लो समय चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरी निकै सक्रिय रुपमा लागेको छ । आफ्नो जिम्मेवारी भित्र पर्ने कार्य मध्ये चोरी नियन्त्रणमा महानगरीय ट्राफिक प्रहरीले सक्रियता बढाएको हो ।
‘बहिनी बाँच्न चाहन्छे’
‘बहिनी बाँच्न चाहन्छे’ मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेका हुन् ।
बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह
बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन
माथागढीका विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन जिल्लाको माथागढी गाउँपालिका भित्रका विद्यालयहरुमा अर्धवार्षिक परीक्षा सञ्चालन भएको छ । कोभिडका कारण समयमै सञ्चालन हुन नसकेको परीक्षा मंगलबारदेखि सञ्चालन भएको हो ।
सञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह
सञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मासम्मानको ख्याल गरी आफ्नो कर्तव्य निर्वाहका क्रममा थप सभ्य र शिष्ट हुन...
गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो ।
एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश
एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।
लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही
लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।
शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का
शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।
Weather Update