Shittalpati
परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली
परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली जिल्लाको माथागढी गाउँपालिकामा रहेको माउण्ट भ्याली इ·लिश स्कूलले विद्यालयलयलाई समय सापेक्ष परिस्कृत बनाउँदै लगेको छ । ब्रिटिश काउन्सीलको सहकार्यमा स्कूलले परियोजनामा आधारित सिकाइ गराउँदै आएको पाइन्छ । विगत सन् २०१४ देखि ब्रिटिश काउन्सीलको सहकार्यमा विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रीत बनाउन लागेको विद्यालयका प्रिन्सीपल प्रेमराज खरालले बताए ।
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडि थप गरिएको निषेधाज्ञाको समय जेठ ४ गते (भोली) राती १२...
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी भिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ । बैठकमा पछिल्लो समय तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि थप अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।
कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता
कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता कोभिड–१९को दोस्रो लहरको संक्रमण फैलिएसँगै पाल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी रोकथामका लागि आइसोलेसन केन्द्र निर्माणदेखि संक्रमितको उपचारका अरु उपाय अपनाएका हुन् ।
बन्दाबन्दीमा ६४ जनाले ज्यान गुमाए
बन्दाबन्दीमा ६४ जनाले ज्यान गुमाए बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । शनिबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए ।
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध एक महिनादेखि पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ३ जयखानी छापलाई जोड्ने मोटरबाटो खन्ने क्रममा गत बैशाख ६ गते माथिबाट माटो,ढुंगा सहित खसेको पहिरोले डोजर पुरिएको थियो ।
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिकामा बालिका बलात्कार आरोपमा स्थानीय दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा अस्पताल र तानसेन नगर सरकारले संयुक्त रुपमा अक्सिजनयुक्त आइसोलेसन कक्ष निर्माण गरेका छन् । अधिकांस कोरोना संक्रमितहरुलाई अक्सिजनको मात्र आवश्यक पर्न थालेपछि अस्पताल र नगर सरकारले संयुक्त रुपमा ४० शैयाको अक्सिजन सहितका आइसोलेसन निर्माण गरेका हुन् ।
गुल्मीका पत्रकार अक्सिजन जोहो गर्न जुटे
गुल्मीका पत्रकार अक्सिजन जोहो गर्न जुटे गुल्मीका पत्रकारहरु अक्सिजन जोहो गर्न जुटेका छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अक्सिजनको जोहो गर्न जुटेको हो ।
नागरिकलाई सही सूचना दिन, ‘कोभिड विशेष नर्स समूह’ परिचालन
नागरिकलाई सही सूचना दिन, ‘कोभिड विशेष नर्स समूह’ परिचालन ,के तपाईलाई कोरोना संक्रमणका विषयमा आधिकारिक जानकारी आवश्यक छ ? कि संक्रमित भएर के गर्ने, के नगर्ने भन्ने दोेधारमा हुनुहन्छ ? यदि त्यस्तो छ भने आत्तिनुपर्दैन । अब घरमै बसेर तपाईले फोनमार्फत स्वास्थ्यकर्मीबाट आधिकारिक जानकारी पाउनु हुनेछ  । नागरिकलाई सही सूचना दिनका लागि ‘कोभिड विशेष नर्स समूह’ परिचालन भएका छन् ...
Weather Update