भत्कियो तानसेनको अमर नारायण मन्दिर, अनिष्ट हुने पुजारीको आशंका
बिहीबार, फागुन २६, २०७८
रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी, पूर्वमन्त्री ज्ञवाली सहित सरकारी टोलीद्वारा निरीक्षण
बुधबार, फागुन २५, २०७८
गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा १० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको नियमित उडानको तयारी हुँदैछ । विमानस्थलको पछिल्लो अवस्था र नियमित उडानका लागि पूर्वमन्त्री प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरीक्षण गरेको छ । निर्माणधिन...
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
मंगलबार, फागुन २४, २०७८
हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस आज विविध कार्यक्रम गरी मनाउन लागिएको हो । नारी आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा यो दिनलाई अन्तर्राष्ट्रिय...
एकै घरका पाँच जनाको मृत्यु
सोमबार, फागुन २३, २०७८
ललितपुर कोन्जोसोम गाउँपालीका–४ नल्लुमा एकै परिवारका चारजना मृत भेटिएका छन् । अचेत अवस्थमा फेला परेका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
रेग्मी बन्धु समाज पाल्पाको गठन, अध्यक्षमा बरूण
आइतबार, फागुन २२, २०७८
पाल्पाको तानसेनमा भएको रेग्मीहरूको भेलाले कौशिक गोत्रीय रेग्मी बन्धु समाज पाल्पा शाखाको तदर्थ समिति गठन गरेको छ । बरूण प्रसाद रेग्मीको अध्यक्षतामा भएको भेलाले तदर्थ समिति गठन गरेको हो ।
महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी
आइतबार, फागुन २२, २०७८
जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित भएकी छन् । आइतबार संघको प्रारम्भिक साधारण सभाबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
बेथलको ‘स्वर्णतिरको यात्रा’
आइतबार, फागुन २२, २०७८
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डि स्कूलले रजत जयन्ती मनाउदै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले रजत जयन्ती मनाई स्वर्णतिरको यात्रा तय गरेको हो । बेथलले २५ वर्षको यात्रामा आफुलाई नेपालकै प्रतिष्ठित...
तानसेनका सामुदायिक मेलमिलापकर्ताहरूलाई तालिम
शनिबार, फागुन २१, २०७८
तानसेन नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुलाई पुनर्ताजकीय तालिम दिइएको छ । द एसिया फाउण्डेशनको आर्थिक सहयोग, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा त्रिदिवसीय मेलमिलाप सम्बन्धी पुनर्ताजकीय तालिम दिइएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विविएका विद्यार्थीलाई स्वागत तथा सम्मान
शुक्रबार, फागुन २०, २०७८
त्रिभुवन बहुमुखी क्यापस विविए चाथौ सेमेस्टरका विद्यार्थीले दोस्रो समेस्टरका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थीमा भएको ज्ञान, शिक्षा लाई अझै फराकिलो बनाउदै, सिप तथा गुणयुक्त बनाउन विविए कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।
बेथलका पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन
शुक्रबार, फागुन २०, २०७८
तानसेनमा रहेको बेथल इङ्गलिस बोेर्डि सेकेण्डरी स्कुलका पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन भएको छ । स्कुलले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा पूर्व विद्यार्थी र शिक्षकहरुबिच पूनर्मिलन गराएको हो । विगतमा स्कुलमा अध्ययन गरी अध्ययन र रोजगारको शिलशिलामा बाहिर रहेका विद्यार्थी र लामो समय स्कूलमा अध्यापन गराई बाहिर रहेका...
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने
बिहीबार, फागुन १९, २०७८
मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
रहेनन् पत्रकार विके पाल्पाली
बुधबार, फागुन १८, २०७८
पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।

