पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
बिहीबार, कात्तिक १७, २०७९
जापनी ‘ओकेबाजे’को नेपाल यात्रा, तीन दशक सेवामै बित्यो
बिहीबार, कात्तिक १७, २०७९
अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडी लगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ ...
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण
बुधबार, कात्तिक १६, २०७९
हमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।”
नेपालीलाई मृत्युदण्ड
बुधबार, कात्तिक १६, २०७९
साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्यु दण्ड दिइएको हो । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमै जमिनमा गाडिएको छ ।
लडेर एक वृद्धको मृत्यु
बुधबार, कात्तिक १६, २०७९
जिल्लाको निस्दी गाउँपालिका –५ मा लडेर एकजना वृद्धको मृत्यु भएको छ । सोही वडाको तमासगीरीका ६८ वर्षीय मानबहादुर सिंजालीको लडेर मृत्यु भएको हो ।
आगामी निर्वाचनका लागि भारतद्वारा दुई सय थान सवारीसाधन सहयोग
मंगलबार, कात्तिक १५, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपाललाई सहयोगस्वरुप भारतले दुई सय थान सवारीसाधन उपलब्ध गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सरकारका तर्फबाट उपहारस्वरुप उपलब्ध गराइएका सवारी साधन (पीक भ्यान) को साँचो...
व्यवस्था फेरियो, अवस्था फेरिएन
मंगलबार, कात्तिक १५, २०७९
झिसमिसे बिहानीमा गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पाको बगनासकाली गाउँपालिका–७ दैलातुका गजवीरको गोठ गत वर्ष फागुनमा आगोले जलेको थियो । उनी भन्दै थिए, ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु ।’ यहाँ ३२ घरसहित बोटेमाझीको बस्ती छ । गजवीर, बोटे समुदायका अगुवा हुन् ।
कार्तिक १७ देखि जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने
मंगलबार, कात्तिक १५, २०७९
राजनीतिक दल र उम्मेदवारले कार्तिक १७ गतेपछि मात्र जुलुुस, आमसभा र कोणसभा गर्न पाउने छन् । मंसिर ४ मा हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार अन्तर्गत जुलुस, आमसभा र कोणसभा कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म पाउने निर्वाचन आयोगले जनाएको छ ...
एक करोड थान मतपत्र छाप्न बाँकी
सोमबार, कात्तिक १४, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रेस युनियन पाल्पाको कार्यालयमा ‘न्यूूज डेस्क’ स्थापना
सोमबार, कात्तिक १४, २०७९
नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा ‘न्यूज डेस्क’ (समाचार प्रेषण कक्ष)को स्थापना गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसार तथा समाचार सम्प्रेषणका लागि ‘न्यूज डेस्क’को स्थापना गरिएको हो ।
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु
सोमबार, कात्तिक १४, २०७९
रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।
थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही
सोमबार, कात्तिक १४, २०७९
तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन् । उनीहरूले दैनिक एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो । सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन् । पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै...
गाउँमा भेटिन छाडे परम्परागत घुमाउने घर
आइतबार, कात्तिक १३, २०७९
ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्...


