एसईईको नतिजा सार्वजनिक
बुधबार, साउन ११, २०७९
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा
बुधबार, साउन ११, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
गुल्मीमा अझै भेटिएनन् हराएकाहरू
बुधबार, साउन ११, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँडिन् । उनी आफू मात्रै हिँडिनन्, ८ वर्षीया छोरी पूजालाई पनि सँगै लिएर गईन् । छविकला आउने आशामा परिवारले झण्डै १५ दिनसम्म धेरै ठाउँमा खोजतलास गरेपनि फेला पारेनन् ।
तिनाउ खोलामा महिला मृत फेला
मंगलबार, साउन १०, २०७९
तिनाउ खोलामा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तिनाउ गाउँपालिका–५, स्थित तिनाउ खोलामा सोमबार साँझा अन्दाजी ३५/४० वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन् । उनलाई खोलाले बगाई ल्याएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
भन्दा पुष्पलाल र वीपीको सिद्धान्त, व्यवहारमा अर्कै
आइतबार, साउन ८, २०७९
नेपाली काँग्रेस र नेपाल कम्युनिस्टले सधैँ पुष्पलाल र वीपीको सिद्धान्त र विचारको वकालत गर्दै आएपनि व्यवहारमा त्यस्तो नरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छ्न् । पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले तानसेन आयोजना गरेको ४४ औं स्मृति दिवसको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
ओडारमा रहेका दमाई परिवारलाई घर बनाउन जग्गा !
आइतबार, साउन ८, २०७९
घरबार विहीन भई ओडारमा बस्दै आएको एक परिवारलाई घर बनाउन जग्गा सहयोग भएको छ । विगत लामो समयदेखि बडिगाड गाउँपालिका वडा ६ को खाल नजिकैको ओडारमा बसोवास गर्दै आएका जुना दमाईको परिवारलाई घर बनाउन जग्गा सहयोग भएको हो । उनलाई बाँकेको खजुरा गाँउपालिका वडा ४ डिगाँउ नेपालगञ्जका समाजसेवी लिलबहादुर थापाले...
प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा
शनिबार, साउन ७, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको सुरक्षाका सवालमा सरकार गम्भीर रहेको बताएका छन् । हेटौंडामा शुक्रबार सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित, व्यवसायिक विकास, पेशागत सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका हुन् ।
एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै
शुक्रबार, साउन ६, २०७९
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
बिहीबार, साउन ५, २०७९
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । गल्याङ–६ पेलाकोटस्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।
मुद्रण उद्योग संघ रुपन्देहीको नयाँ मूल्यसूची
मंगलबार, साउन ३, २०७९
मुद्रण उद्योग संघ रुपन्देहीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले वर्तमान बजारको अवस्थालाई मध्यनजर गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
उपभोक्तालाई सहुलियतमा खानेपानी
सोमबार, साउन २, २०७९
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
‘शिक्षक मैनबत्ती हुन्’
आइतबार, साउन १, २०७९
जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शिक्षक मैनबत्ती भएको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा भएको उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रममा बोल्दै जिसस प्रमुख खानालले शिक्षक आफु जलेर अरुलाई उज्यालो बनाउने मैनबत्ती जस्तै भएको बताएका हुन् ।
तनावमुक्त जीवनका लागि राजयोग शिविर
आइतबार, साउन १, २०७९
ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।


