Shittalpati
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ?
आजको संसद् बैठकमा टेबल होला त एमसीसी ? अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज बस्ने प्रतिनिधिसभा बैंठकमा टेबल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आजको संसद् बैंठकमा एमसीसी टेबल गर्न भनेका छन् ।
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा लुम्बिनी प्रदेश सरकाले मंगलबार अर्थात् फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो ।
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्षमा पत्रकार कृष्ण कार्की निर्वाचित भएका छन् । चौतारीको तानसेनमा भएको ८ औं जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
बेथल बोर्डिङ्गको रजत जयन्ती स्मारक अनावरण
बेथल बोर्डिङ्गको रजत जयन्ती स्मारक अनावरण तानसेनमा रहेको बेथल सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती स्मारक अनावरण गरेको छ । स्कूलले आफ्नो रजत महोत्सवको अवसर पारेर रजत स्मारक अनावरण गरेको हो । उक्त स्मारकको लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अनावरण गरेका छन् ।
गुल्मीमा दलित सुकुम्बासीलाई लालपुर्जा
गुल्मीमा दलित सुकुम्बासीलाई लालपुर्जा गुल्मीको मालिका गाउँपालिका–७ घमिरका विपन्न १२ दलित परिवारले लालपुर्जा पाएका छन् । उनीहरु सडक निर्माणपछि गाउँ नै पहिरोको जोखिममा परेकाले २२ वर्षदेखि सिलादीस्थित सार्वजनिक जग्गामा बस्दै आएका थिए । सार्वजनिक वन क्षेत्रमा बसोबास गरिरहेका विपन्न परिवार घर, पानी, बिजुली लगायतका सुविधाबाट वञ्चित थिए ।
आजदेखि पाल्पाका विद्यालय खुले
आजदेखि पाल्पाका विद्यालय खुले जिल्लाका विद्यालयहरु आजदेखि खुलेका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले शुक्रबार ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै आजदेखि खुलेका हुन् ।
फागुन १ देखि पाल्पाका सबै शैक्षिक संस्थाहरु खुल्ने
फागुन १ देखि पाल्पाका सबै शैक्षिक संस्थाहरु खुल्ने आगामी फागुन १ गतेदेखि जिल्लाका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरू खुल्ने भएका छन् । कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले ९ बुँदे आदेश जारी गर्दै शैक्षिक संस्था तथा विद्यालयहरु खोल्न सक्ने बताएसँगै फागुन १ गतेदेखि खुल्ने भएका हुन् ।
जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार
जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार  जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरका जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार दिइएको छ । चिसोका कारण सबै भन्दा बढी जेष्ठ नागरिक प्रभावित हुने भन्दै गाउँपालिकाले वडाका कार्यालयको संयोजनमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडासँगै पौष्टिक आहार दिएको हो ।
वैशाखबाट नयाँ शैक्षिक सत्र
वैशाखबाट नयाँ शैक्षिक सत्र विश्वभर फैलिएको कोरोना संक्रमणका कारण विथोलिएको शैक्षिक सत्र यो वर्ष वैशाखबाटै भौतिक उपस्थितीमा गर्ने तयारी थालिएको छ । संक्रमण अवस्था साम्य भए वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना छ ।
एसईई वैशाख ९ गतेदेखि हुने
एसईई वैशाख ९ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
Weather Update