बुलिङटारमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
आइतबार, कात्तिक १३, २०७९
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
आइतबार, कात्तिक १३, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाले अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ । बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
काँग्रेसको संकल्पपत्रमा कृषि :तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने
शनिबार, कात्तिक १२, २०७९
नेपाली कांग्रेसले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर शिशुको मृत्यु
आइतबार, कात्तिक ६, २०७९
तिनाउ खोलामा नुहाउने क्रममा डुबेर एक एक शिशुको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तिनाउ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँका खेमबहादुर सारुको ३ वर्षीय शिशु मायुस सारुको मृत्यु भएको हो ।
प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ
आइतबार, कात्तिक ६, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम...
भित्रियो तिहार, आज कागको पूजा गरिदैं
आइतबार, कात्तिक ६, २०७९
नेपालीहरुको घर दैलोमा उज्यालोको पर्व तिहार भित्रिएको छ । शनिबार यमपञ्चक सुरु भएपछि हिन्दुु नेपालीहरुको घर आगनमा तिहार भित्रिएको हो । तिहार अन्तर्गत आज पहिलो दिन कागको पूजा गरिदैं छ । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।
रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’
आइतबार, कात्तिक ६, २०७९
बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महशुस भयो’, पौडेल भन्छन्,‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’ तानसेन...
निर्वाचन मतपत्र छाप्दै, ढुवानी गर्दै
आइतबार, कात्तिक ६, २०७९
निर्वाचन आयोगले छापिएका मत्रपत्रहरु ढुवानी गरिरहेको छ । उसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि छापिएका मतपत्रहरु सम्बन्धित क्षेत्रमा ढुवानी गरिरहेको हो । आयोगले अहिलेसम्म छापिएका समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र ६० जिल्लामा ढुवानी गरिसकेको जनाएको छ ।
श्रीमानले गरे श्रीमतीको हत्या
शनिबार, कात्तिक ५, २०७९
गुल्मीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका ७ वामीका ४२ वर्षीय सूूर्य बहादुर कुमालले आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमाललाई कुटेर हत्या गरेका हुन् ।
पाल्पाली समाज युएईको शिक्षामा लगानी
शनिबार, कात्तिक ५, २०७९
काम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले युवाको सहयोगमा पाल्पाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । वैदेशिक रोजगारीका लागि युएई गएका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज युएईले जिल्लाका ६२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना...
पाल्पाको माथागढीमा कुकुरले टोकेर २८ जना घाइते
शुक्रबार, कात्तिक ४, २०७९
पछिल्ला केही दिन यता जिल्लाको माथागढीमा सडक कुुकुरहरुले आतंक नै मच्याएका छन् । कुुकुरले बाटोमा हिड्ने मानिस र पशुुचौपायहरुलाई पिछा गर्ने र टोक्ने गरेका छन् । यहाँको चिदीपानी, रुप्से र कसेनीमा सडक कुकुरले टोकेर एकै दिन २८ जना घाइते भएका छन् ।
शिक्षामा लगानी गर्दै पाल्पाली समाज युएई
शुक्रबार, कात्तिक ४, २०७९
काम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउने उद्धेश्यले युवाको सहयोगमा पाल्पाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । वैदेशिक रोजगारीका लागि युएई गएका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज युएईले जिल्लाका ६२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना...
परम्परागत आरन बन्न थाले घरेलु उद्योग
शुक्रबार, कात्तिक ४, २०७९
पाल्पाको वगनासकाली ६ यम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी—तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थालेका छन् । ‘हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्यौ, बुबाको निधनपछि छोडियो’, खिमबहादुर भन्छन्, ‘अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौंँ ।’


