कक्षा १२ को नतिजा प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८

वर्षा र हिमपातको सम्भावना
शुक्रबार, मंसिर १७, २०७८
हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
शुक्रबार, मंसिर १७, २०७८
आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।

बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता
बिहीबार, मंसिर १६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । विगतका वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सयौैंलाई रोजगार प्रदान गरिसकेको गाउँपालिकाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।

पाल्पामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिदै
बिहीबार, मंसिर १६, २०७८
जिल्ला निर्वाचन कार्यालय पाल्पाले यही मसिंर १७ गते शुक्रबारदेखि जिल्लाका दशवटै पालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयले मसिंर १७ देखि २६ गतेसम्म पहिलो चरणमा र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्न लागेको हो ।

घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ
बुधबार, मंसिर १५, २०७८
चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।

हल्का हिमपातको सम्भावना
सोमबार, मंसिर १३, २०७८
न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा
सोमबार, मंसिर १३, २०७८
जिल्लाको रेसुङ्गा नगर सरकारले आफ्नो सेवालाई नागरिकको घरदैलोमा पुर्याएको छ । नगर सरकारले नागरिकलाई घरआगनमै स्थानीय सरकार आएको अनुभूति दिलाउन एकिकृत घुम्ती शिविरमार्फत सेवालाई घरदैलोमा पुर्याएको हो ।

छोराको कुटपिटबाट आमाको मृत्यु
शुक्रबार, मंसिर १०, २०७८
पाल्पाको रिब्दिकोट गाउँपालिका ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । ६२ वर्षकी मेनु सारूलाई आफ्नै छोराले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो ।

खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो
शुक्रबार, मंसिर १०, २०७८
पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोलाकिनार धाउनुपथ्र्याे । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन उनीहरुको दैनिकी नै बदलिएको छ भन्छिन्, स्थानीयवासी भीमकुमारी सोती । उनलाई बालबच्चा, घरायसी कामधन्दासँगै घण्टौँ...

साहित्यकार कार्कीद्वारा अक्षयकोष स्थापना
बिहीबार, मंसिर ९, २०७८
साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा अक्षयकोष स्थापना गरेकी छिन् । कार्कीले दुई लाख रूपैयाँ बराबरको अक्षयकोष स्थापना गरेकी हुन् । उनले पद्मश्री पुरस्कार (दुई लाख रूपैयाँ) रकमबाट विद्यालयमा कोष स्थापना गरेकी हुन् ।

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
बिहीबार, मंसिर ९, २०७८
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । यस वर्ष सुन्तला रङमा रंगेर महिला हिंसालाई अन्त गर भन्ने प्रतिविम्व सहित कार्यक्रम गरिदै छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग र विभिन्न गैरसरकारी संघसंस्थाले संयुक्त रूपमा दिवस मनाउने तयारी गरिरहेका छन् ।

पाल्पामा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बिहीबार, मंसिर ९, २०७८
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । तानसेन, रामपुर र रैनादेवी छहरामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । तानसेनमा अचेत अवस्थामा रहेका एक पुरुष, रामपुरमा नहरले बगाएर ल्याएको अवस्थामा एक व्यक्ति र रैनादेवी छहरामा रुखमा झुण्डिएको अवस्थामा अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी...