राज्यले प्राविधिक क्षेत्रमा न्यून लगानी गर्यो : अधिकारी
आइतबार, पुस ४, २०७८

शाहीको समूह ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानमा प्रथम
शनिबार, पुस ३, २०७८
तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला
शुक्रबार, पुस २, २०७८
तानसेनमा रहेको बेथल बोर्डिङ स्कुलमा लेखन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयको कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि लेख–रचना लेखन सम्वन्धी एक दिने कार्यशाला गोेष्ठी गरेको हो ।

आइतबार सार्वजनिक विदा
शुक्रबार, पुस २, २०७८
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै उघौली पर्व योमरी पुन्ही, ज्यापू दिवसको अवसरमा देश भरका सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गुल्मीमा नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक पूर्व समिक्षा
शुक्रबार, पुस २, २०७८
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि गुल्मीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरे ।

पाल्पामा पासोमा परेको चितुवाको उद्दार
शुक्रबार, पुस २, २०७८
जिल्लाको तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।
.jpg)
रेसुङ्गा विमानस्थल निर्माणको कामले तीव्रता पायो
शुक्रबार, पुस २, २०७८
जिल्लाको सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल निर्माणको कार्यले तीव्रता पाएको छ । केही समय सुस्ताएको निर्माणको कामले अहिले भने तीव्रता पाएको हो । अहिले अन्तिम चरणमा रहेका टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ ।

शुक्रबारदेखि हिमपातको सम्भावना
बिहीबार, पुस १, २०७८
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी
बुधबार, मंसिर २९, २०७८
नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
.jpg)
गुल्मीमा सडक बालबालिकालाई विद्यालय
मंगलबार, मंसिर २८, २०७८
जिल्लामा रहेका सडक बालबालिकाहरुको उद्दार गरी विद्यालय पुर्याइएको छ । सदरमुकाम तम्घासका विभिन्न स्थानबाट उद्दार गरी १५ जना सडक बालबालिकालाई विद्यालय पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालयले सडक बालबालिकाहरुलाई उद्दार गरी विद्यालय भर्ना गरेको छ ।

स्थानीय सरकारको घर टोलमा सेवा
मंगलबार, मंसिर २८, २०७८
गाउँपालिकाका केन्द्रहरुमा सिमित रहेका सेवाहरुलाई स्थानीय सरकारले जनताको घर टोलमा पुर्याएका छन् । पाल्पा र गुल्मीका केही स्थानीय सरकारले आफ्नो सेवालाई घुम्ती शिविरमार्फत जनताको घर टोलमा पुर्याएका हुन् । गाउँपालिकाको केन्द्रसम्म पुग्न नसक्ने अशक्त, अपाङ्ग र विपन्न परिवारलाई राहत दिने उद्देश्यले जनताको घर टोलमा उनीहरुले शिविरमार्फत सेवा दिएका छन् ।

निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास
सोमबार, मंसिर २७, २०७८
चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
नेल्टा पाल्पाको अधिवेशन, अध्यक्षमा बस्याल
आइतबार, मंसिर २६, २०७८
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको साधारण सभा तथा छैठौ अधिवेशन तानसेनमा भएको छ । संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा तथा अधिवेशन गरेको हो ।